प्रदेश 1

नेकपाका जिल्ला अध्यक्षसहित सयौंको संख्यामा कांग्रेस प्रवेश, भ्रष्टाचार बढेको आरोप

काठमाडौं । पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा त्याग्दै नेपाली कांग्रेसका प्रवेश गर्नेको लहर लागेको छ । सरकाले जनचाहना अनुसार काम नगरेको, मुलुकमा भ्रष्टचार बढेको र चुनावका वेला गरेको वाचा पुरा नगरेको भन्दै उक्त पार्टी त्याग्नेको सङख्या बढेको छ ।

यसै क्रममा नेकपाको मजदुर संगठनक अखिल नेपाल औद्योगिक मजदुर संघ उदयपुरका जिल्ला अध्यक्ष अमरबहादुर काफ्ले सहित सयौं नेता कार्यकर्ता कांग्रेसका प्रवेश गरेका छन् । अध्यक्ष काफ्ले सहित जिल्लाको त्रियुगा नगरपालीका ५ श्रीपुरमा ठुलो सङख्यामा स्थानीयहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

त्रियुगा नगरपालिकाको बेलचौरीमा आयोजित कार्यक्रममा अध्यक्ष काफ्लेसहित स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा सदस्यका उम्मेदवार भएका धनवीर कार्की समेत नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कार्यक्रममा नेकपालाई लामो समयसम्म साथ लिएपनि कम्युनिस्ट सरकारले जनताको मनोभावना विपरीत काम गरेकाले कांग्रेसमा प्रवेश गरेको नवप्रवेशीले जनाएका छन् ।

पार्टी प्रवेश गर्नेमा स्थानीय वासिन्दा जालबहादुर घङचिङ, कृष्णकुमार राई, दुर्गा कोइराला, भक्तबहादुर दनुवार, इन्दिरा बुढाथोकी, सुमित्रा बुढाथोकी, बिन्दा बुढाथोकी, तुलसा राई, सिम्रिकलाल चौधरी, सोममाया तामाङ, जानु मोक्तान, उर्मिला तामाङ, मंगली राई, पूर्ण तामाङ, सविता तामाङ, तुलसा खत्री, अनिता कार्की, पार्वती माया बुढाथोकी, गायत्रा बुढाथोकी, एलिना बुढाथोकी, सुस्मिता बुढाथोकी, कविता बुढाथोकी, राजकुमार सुब्बा, सिता राई, उमा बुढाथोकी, शेरबहादुर बस्नेत छन् ।

त्यस्तै अम्बिका बस्नेत, पुजा बस्नेत, पुष्पा भट्टराई, सरिता खत्री, रञ्जु बस्नेत, मनोज बुढाथोकी, अम्बिका कटुवाल, कविता कटुवाल, सकुन्तला खड्का, कृष्ण बस्नेत, सविता बस्नेत, मेनुका कार्की, सविना बुढाथोकी, हिरा राया, प्रतिका काफ्ले, रुद्रमाया थापा, पूजा बस्नेत, देविका बुढाथोकी, भोलाप्रसाद निरौला, तीर्थकुमारी बुढाथोकी, खम्ब माया कार्की, पम्फा काफ्ले, सारादा बस्नेत, गिरीबहादुर बस्नेत, सिता कार्की, दिनेश बुढाथोकी, भुपध्वज कार्की, रुद्रसिंह ठकुरी, बिन्दामाया बोहोरा र ढट्टमाया खतिवडा समेतले कांग्रेस प्रवेश गरेका छन् ।

नेकपा पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका व्यक्तिलाई केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा। नारायण खड्का, नेपाली कांग्रेस उदयपुरका पूर्व सभापति तथा प्रदेशसभा सदस्य हिमाल कार्की, कांग्रेस नेता तथा त्रियुगा नगरपालिका उपप्रमुख देवीकुमारी चौधरी लगायतले अबीर लगाएर स्वागत गरेका छन् ।