राजनीति

डा भट्टराईको ठोकुवाः काजी गुटको गुट चलाउने षढ्यन्त्रले नेकपा सिध्याउँछ

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले सरकारले अन्तीम समयमा आएपछि एसइइ स्थगीत गरेको भन्दै ओली सरकारको आलोचना गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत डा भट्टराईले यो निर्णय सरकारले केहिदिन अघि गरेको भए बालबालीका र अभिावक तनावमुक्त हुने र खर्च बच्ने विचार व्यक्त गरेका छन् । सरकारले परिक्षाको अघिल्लो दिन हिँजो साँझ मात्रै एसइइ परिक्षा स्थगीत भएको जानकारी गराएको थियो ।

साथै उनले आफ्नो ट्वीटमा लेखेका छन्ः यो काजी गुटको काम सधैं शिक्षा वा स्वास्थ्य मन्त्रालय लिनेः गुट चलाउने हो माके सिध्यायो !अब नेकपा सिध्याउँछ !

डा भट्राइले सरकारलाई श्री ३ को संज्ञा दिदै आफ्नो ट्वीटमा अगाडी लेखेका छन्ः उहिलेका श्री ३ ले अहिलेका श्री ३ झैं अघिल्लो दिन हैन केही दिन पहिल्यै परी़क्षा रोके होलान् !

उनको ट्वीटः उहिलेका श्री ३ ले अहिलेका श्री ३ झैं अघिल्लो दिन हैन केही दिन पहिल्यै परी़क्षा रोके होलान् ! यति कुरो केही दिन अघि गरेको भए विद्यार्थीरअभिभावक कति तनावमुक्त हुन्थेरुकति खर्च बच्थ्योरुयो काजी गुटको काम सधैं शिक्षा वा स्वास्थ्य मन्त्रालय लिनेसगुट चलाउने हो ! माके सिध्यायो ! अब नेकपा सिध्याउँछ !