पु.समाचार

कोरोना संकटको मौका छोपी जासुसीे रेकर्ड राख्ने विधेयक ल्याउन ओली सरकार उद्दतः खगेन्द्र संग्रौला

काठमाडौं । लेखक तथा साहित्यकार खग्न्द्र संग्रौलाले वर्तमान ओली सरकारले कोरोना संङकटको मौकामा चौका हानेको भन्दै आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त साहित्यकार संग्रौलाले कोरोना आतंकको मौका छोपेर ओली सरकारले नागरिक गतिविधिको जासुसीे रेकर्ड राख्ने विधेयक ल्याउँन लागेको भन्दै त्यस्को बिरोध जनाएका छन् ।

उनले कम्निस्ट हुँ भन्ने डबलको नामक सरकार नागरिक अधिकारभक्षी यो भाइरसलाई क्वारेन्टाइनमा कस्ले राख्छ भनै प्रश्न गरेका छन् ।

 

उनको ट्वीटः निरङ्कुश शासकहरू नागरिकहरू सङ्कटमा परेको मौकामा चौका हान्छन् । कोरोना आतङ्कको मौका छोपेर यो सरकार नागरिक गतिविधिको जासुसीे रेकर्ड राख्ने विधेयक ल्याउँदै छ रे । हैन,कम्निस्ट हुँ भन्ने डबलको सरकार नामक नागरिक अधिकारभक्षी यो भाइरसलाई क्वारेन्टाइनमा राख्ने कसले हो,मान्यवर ।