विचित्र संसार

चोरी गर्न गएका चोर घरभित्रको सोफामा निधाएपछि यस्तोसम्म भए !

एजेन्सी । पछिल्लो समय चोरीका घटनाहरु घटिरहेको छ । नेपालमा यस्ता घटनाहरु भने सबैभन्दा धेरै भएको पाइन्छ । तर एउटा यस्तो घटना घटेको छ जुन सोच्दा पनि अचम्म लाग्न सक्छ । भारतको कर्नाटक राज्यको चर्चित शहर बैंगलुरुमा अबेर राति चोरी गर्न निस्किएका एक चोर चोरी गर्दा ति चोर चोरी गर्न गएकै घरको सोफामा निदाए । तर जब घर मालिक घर आए उनले अनजान ब्यक्तिलाई आफ्नो घरको सोफामा मस्त सुतेको देखे । ती चोरको हातमा आफ्नो घरको चाबि समेत देखेपछि ति घर मालिकको रिसको सीमा रहेन र उनले चोरलाई निकै कुटे । त्यसपछि मात्र उनले प्रहरीलाई बोलाई जिम्मा लगाए ।