समाचार

कोरोना प्रभावित मुलुकका नागरिकलाई नेपाल प्रवेशमा सरकारले लगायो एक महिने प्रतिवन्ध

काठमाडौं । चीनवाट विश्वव्यापी रुपमा मैलिएको कोरोना भाइरसले गर्दा अहिले दिनप्रतिदिन मानिसको मृत्यू भइरहेको छ । यसरी महामारीको रुपमा फैलिएको कोरोना भने अहिलेसम्म नेपालमा देखिएको छैन । केहि कोरोना आशंका लागेका मानिसहरु पनि परिक्षणपछि कोरोनाको संक्रमण नदेखिएको चिकित्सकहरुले पुष्टि गर्दै आएका छन् । 

यहि भाइरसका कारण पनि विभिन्न देशहरुमा प्रवेश निषेध गरिएको छ भने कतिपय देशहरुले आफ्नो देशका नागरिकहरुलाई आफ्नो देश फिर्ता गरिसकेको छ । नेपालले पनि चीनमा रहेका नेपाली विद्यार्थीहरुलाई नेपाल ल्याइसकेको छ ।

यो भाइरसका कारण नेपालले पनि युरोपका सबै मुलुकका नागरिकलाई चैत ७ गतेदेखि वैशाख ३ गतेसम्मका लागि आगमनमा प्रतिबन्ध लगाएको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले पश्चिम एसियालगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानका नागरिकलाई आगमनमा प्रतिबन्ध लगाएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजक रहेको उक्त समितिको आज भएको वैठकवाट सरकारले सांस्कृतिक, सामाजिक कार्यक्रममा २५ जनाभन्दा बढी भेला नहुन पनि आग्रह गरेको छ ।