सामाजिक सञ्जाल

कोरोना बिरुद्ध डलरको खेती गर्ने बिरुद्ध एकजुट होऔं, वाईयत कुरा नगरौंः नेता गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले कोरोनाको विषयलाई लिएर गलत प्रचार भैरहेको भन्दै आक्रोस व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत नेता गुरुङले हालसम्म सरकारले परिक्षण नै नगरीकन नेपालमा कोरोना छैन भनेर झुटो प्रचार गर्यो भन्दै बिरोध भएको तर्फ आक्रोस पोख्दै  यो सरकारको बिरोध होकि कोरोनाको डर देखाएर डलर खेती गर्न नपाएको गुनासो ? भन्दै प्रश्न गरेका छन् ।

नेता गुरुङले नेपालमा कोरोनाको त्रास देखाउँदै डलरको खेती गर्न नपाएकाहरुले अनावस्यक हल्ला फैलाएको आरोप लगाएका छन् । साथै उनले सबैलाई कोरोनाको विषयमा वाईहात हल्लामात्रै गरेर हिँड्नु भन्दापनि सचेतना जगाउनमा लाग्नुपर्नेमा सबै नेपालीलाई जोड दिएका छन् ।

उनको ट्वीटः हालसम्म नेपालमा कोरोना संक्रमण नभएकोमा कसै कसैले भन्न थालेछन् सरकारले परिक्षण नै नगरिकन नेपालमा कोरोना संक्रमण नभएको झुटो प्रचार ग(यो अरे१ू यो सरकारको बिरोधको लागि बिरोध हो कि कोरोना देखाएर डलरको खेती गर्न नपाएको दुखेसो होरु कोरोना बिरुद्वको सचेतनाको कुरा गरौं,ह्वैयात कुरा नगरौं।