मनोरञ्जन

अभिनेत्री ओल्गा कुरलेन्को कोरोनावाट संक्रमित

एजेन्सी । हलिउड अभिनेत्री ओल्गा कुरलेन्कोले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत आफू कोरोना भाइरस संक्रमित भएको जानकारी गराएकी छन् । एक सातादेखि बिरामी परेकी ओल्गाले आफूलाई कोठाभित्र बन्द गरेर राखेको जानकारी गराएकी छन् । ओल्गालाई सुरुमा ज्वरो आएको र थकान महसुस हुने जस्ता लक्षणहरु देखिएका थिए । त्यसपछि उनले कोरोनाभाइरस टेस्ट गराएकी थिइन् ।