पु.समाचार

कोरोनाको मौकामा बढ्यो कालोबजारी, अत्यावश्यक बस्तुबाट उपभोक्ता बञ्चित

शोभा रावत् । चीनको बुहान सहरबाट फैलिएको प्राण घातक कोरोना भाईरस कोभिड १९ ले यतिबेला विश्वलाई नै त्रसित बनाएको छ । कोरोनाको प्रकोप विभिन्न मुलुकहरुमा तीब्र गतीमा फैलिरहेको छ । विभिन्न मुलुकमा गरि हालसम्म मृत्यु हुनेहरुको सङख्या ७ हजार नाघिसकेको छ । भने १ सय ५८ देशमा यस्को प्रकोप फैलिएको छ ।

कलाकार, राजनीतिज्ञ, प्रधानमन्त्री, खेलाडी लगायतका व्यक्तिहरुलाई संक्रमीत बनाएको छ भने कयौं विशिष्ट व्यक्तिहरुको ज्यान पनि लिईसकेको छ । कोरोनाको संक्रमण फैलिन थालेपछि विभिन्न मुलुकहरुले उद्योग, कलकारखाना, शिक्षण संस्था, रेष्टुरेण्ट, होटल, सार्बजनिक संस्थाहरु लगायतका बन्द गरेका छन् । नेपाल जस्तो मुलुकबाट विदेशीने युवाहरु बन्द हुँदा रेमिट्यान्समा प्रतयक्ष असर परेको छ ।

जसका कारण विश्वमा परेको नकारात्मक असर नेपालको अर्थतन्त्रमा नराम्रो संग पर्न थालेको छ । नेपालीहरु रोजगारीका लागि जाने प्रमुख गन्तव्यहरु कोरोनाको जंजिरमा फसिरहेका छन् । आफ्नो मुलुकमा अन्य मुलुकदेखी आउने नागरिकलाई प्रतिबन्ध गरेका छन् । नोपालीहरु रोजगारीका लागि जाने मलेसिया, साउदी, कतार, दुबई, कतार, क्यानडा, अष्ट्रेलीया, बहराईन, अमेरीका, कोरिया, युरोप लगायतदेशहरुले अन्यदेशबाट आउने नागरिकलाई रोक लगाएका छन् ।

आवत–जावत नै बन्द गरेका छन् । कारोनाको कारण नेपालमा कोहि नागरिकले ज्यान नगुमाए पनि अर्थतन्त्रमा भने असर पर्न थालेको छ । नेपालसंग जोडिएका विभिन्न नाकाहरुमा कडाई गरिदा नाकाहरुमा मालसामान आवत–जावतको प्रभावका कारण संकल हुने राजस्वमा पनि भारी गिरावट आएको छ । राजस्व गिरावटमात्रै होईन नेपाली बजारमा हरेक सामानको अभाव देखाउन थालेका छन् व्यापारीहरु ।

छिमेकी देश भारतले कोरोनाका कारण विभिन्न नाकामा कडाई गर्नेका साथै बन्द पनि गरेको छ । हवाईजहाज चढ्ने यात्रुहरु घटेका छन् । यात्रुहरु घटेपछि पर्यटन क्षेत्र नराम्रोसँग प्रभाबित भएको छ । दिनहुँ दुई करोड भन्दा ढी राजश्व घाटा भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले बताईसकेको छ । यस्तै विश्वका विभिन्न देशमा स्वास्थय संकटकाल घोषणा गरिएको छ भने भेला, समारोह जस्ता जमघट हुने कार्यक्रममा रोक लगाईएको छ । खेल क्षेत्रमा पनि विभिन्न समयमा हुने तय भएका खेलहरु रद्ध गरिएका छन् ।

यति हुँदाहुँदै पनि विश्वका विभिन्न मुलुकका लाखौं मानिस कोरोना भाईरसको संक्रमीत बनेका छन् । उच्च सर्तकताका बाबजुत संक्रमणबाट बच्न निकै कठिन बनेको छ । नेपालमा दुई व्यक्तिमा कोरोनाको संक्रमण आशंकामा स्वास्थ्लाभ गरि घर गइसकेका छन् । नेपालमा आजसम्म कोरोनाका कारण सकैले ज्यान गुमाएका छैनन् यो कुरा सकारात्मक हो तर उच्च जोखिममा भने नेपाल रहेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले चेतावनी दिईसकेको छ ।

नेपाल सरकारले पनि कोरोना भाईरसको संक्रमण भित्रिनु पहिले नै उच्च सतर्कतासाथ अगाडी बढिरहेको छ ।नेपालकै सीमा जोडिएको भारतमै पनि कोरोनाका कारण सयौं संक्रमीत भएका छन् भने २ जनाको मृत्यु भईसकेको छ । भारत सरकारले नेपालसंग नाका जोडिएका विभिन्न नाकाहरुमा कडाई गरेको छ भने नाकामा शील पनि गरेको छ ।

तर नेपालमा कोरोनाको संक्रमणको चनौति नदेखीएपनि अरु चुनौति थपिएको छ कालोबजारी । नेपली बजारहरुमा पछिल्लो समय कोरेनाको संक्रास बढिरहेका बेला विभिन्न माल सामानहरुमा अत्याधिक कालोबजारी हुन थालेको छ । व्यापारीहरुले सामानलाई अत्यधिक महंगोमा बेच्ने वा नबेचेरै लुकाउने गरेका छन् ।

जस्तै अत्यावस्यक वस्तु मास्क लगायतका वस्तुमा अत्यधिक कालोबजारी गरेका छन् । ५ रुपैयाँ पर्ने मास्कलाई सय रुपैयाँ भन्दा वढी मुल्यमा बिक्री गरिहरको समाचारहरु पनि आईरहेका छन् । विभिन्न मेडिकल स्टोरहरुले भएको मास्कलाई लुकाएर बजारमा अभाव देखाउन थालेपछी प्रहरीले सर्च अप्रेसन नै चलाएर लाखौं थान मास्कहरु जफत गर्न थालेको छ ।

केहिदिनदेखी दैनिक जसो मास्कमा कालोबाजारी गर्नेहरुलाई मास्क सहित प्रहरीले पक्राउ गर्ने गरिरहेको पनि छ । सोमबारमात्रै आठ लाखथान वढी मास्क सहित कालोबजारी गर्ने व्यापारीलाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको थियो । यस्तै एउटै मास्कलाई सयौं रुपैयाँमा बिक्री गरेपछि कयौं व्यापारीलाई नेपाल सरकार बाणिज्य बिभागले लाखौं सम्मको जरिवाना सम्म तिराईएको छ ।

यतिमात्रै होईन खाना पकाउने ग्याँसमा पनि कालोबजारी हुन थालेको छ । नेपाल सरकार र नेपाल आयल निगमले नेपालमा पहिलेको तुलनामा धरै नै ग्याँस आपुर्ति भएको दाबी गरेको छ तर बजारमा भने ग्राहकहरुले ग्याँस पाउन नसकेको गुनासो गरेका छन् । नेपाल भित्रिएको ग्याँसको आधावढी राजधानी आउने सरकारले बताईरहँदा उपभोक्ताहरुले भने एउटा ग्याँस पाउनलाई घण्टौ लाईनमा बस्ने देखि विविध समास्याको सामना गरिरहेको बताएका छन् ।

तै पनि ग्याँस सहजै उपलब्ध हुन सकेको छैन ग्याँस सकिएको ४–५ दिनसम्म पनि पाउन नसकेको उदाहरण तमाम छन् । खाना पकाउने ग्यास सकिएर डिलरमा कुरा गर्दा ४–५ दिपछि आउँछ भन्ने जानकारी पाएपछी ग्याँस कुर्न बाध्य छन् धेरै ग्राहक । ग्याँस सकिँदा भोक–भोकै बस्न पनि बाध्य भईरहेका बेला आपूर्तिमन्त्री लेखराज भट्टले दाबीका साथ ग्याँस धेरै नै आउने गरेको भन्दछन् भने कालोबजारी गर्नेलाई कारबाही गर्छौँ भन्दछन्, आखिरि ग्यास कम अँएके हो या ज्ञास कालोबजारी भएके हो त्यो सरकारले जवाफ दिनुपर्ने भएपनि दिएको देखिदैन ।

ग्याँसको अभाव खड्कीनुमा व्यापारी वा सरकार मात्रै दोषी छ भन्नु चाहिँ गलत हो । कोरोनाको बाहानामा अनावस्यक हल्लाको पाछाडी लागेर कतिपय उपभोक्ता एकै जनाले ३–४ वटा सम्म सिलिन्डर ग्याँस खरिद गर्ने गरेको कारण पनि यस्तो समस्या आईपरेकोे हो कि भन्ने तर्फपनि सोच्न जरुरी छ । कारबाही ती व्यापरीलाई मात्रै होईन ३–४ वटा ग्यासको सिलिण्डर खरिदगरि राख्नेलाई पनि गर्नुपर्दछ । कतिपय उपभोक्ता त झनै कुरै नबुझि भारतले नाका बन्दी लगायो भन्दै अनावस्यक खाद्यान्न देखी हरेक कुराहरुको जम्मा गर्न थालेका छन्

भारत सरकारले मान्छेहरुका लागि मात्रै आवत– जावतमा कडाई गरेपनि माल सामान भने आउने नेपाल सरकारले बताई रहँदा मानिसमा संकटको डर पैदा भएको छ । जनतामा यस्तो डर पैदा हुनुमा सरकार नै जिम्मेवार देखिन्छ । कोरोना र नाकाबन्दीबारे सायद जनतालाई सहि सुचना दिन सकेको भए आज यस्तो समस्या केहिसम्म कमी हुनेथियो होला ।

विभिन्न सामाजिक सञ्जालको गलत सुचना र समाचारका कारण जनता झनै त्रसित बनेका छन् । सामाजिक सञ्जाललाई उत्कृष्ट बनाउनका लागि केहि तत्वले अनावस्यक बढाई चढाई गलत सुचनाहरु संम्प्रेशण गर्दाखेरी सबैमा अनावस्यक त्रास फैलिएको पनि छ ।

यस्तै सरकारले कालोबजारी गर्नेहरुलाई कारबाही त गरिहेको छ नै । तरपनि कोरोनाको त्रासकाबीच फाईदा उठाउन व्यापारीहरु लागिरहेका छन् । ग्याँस, मास्क लगायतमा कालोबजारी गर्ने वा लुकाउनेलाई सेना प्रहरी लगाएर हस्तक्षेप गर्ने चेतावनी पनि नेपाल सरकारले दिएको छ । तैपनि यस्ता सामानहरुमा दैनिक कालोबजारी हुन छाडेको छैन । सर्बसाधारण नेपाली जनताले ज्ञास, माक्स लगायतका सामाग्री सहज रुपमा पाउन सकेका छैनन् । बोल्ने भन्दा पनि ब्यवहारमा नै सरकारले उतार्नुपर्ने देखिन्छ ।