प्रवास

पोर्चुगलमा रहेका एक नेपालीमा कोरोनाको संक्रमण

काठमाडौं । रोजगारीको शिलसिलामा बाहिर मुलुकमा रहेका एक नेपालीमा संक्रमण देखिएको छ । रोजगारीका लागि पोर्चुगलमा रहेका एक नेपाली कोरोनाको संक्रमीत भएको बताईएको छ ।

पोर्चुगल सरकारले कोरोना भएका ति नेपालीको नाम गोप्य राखेको छ । यस्तै उक्त संक्रमीतको सम्पर्कमा रहेको व्यक्तिको बारेमा पनि गोप्य राखिएको छ ।

विदेशमा रहेका नेपालीमा संक्रमण देखिएको योतेस्रो घटना हो । यस अघि अष्ट्रेलियामा १ र युएईमा दुई जनामा संक्रमण देखिएको थियो । अहिले सबैको उपचार भईरहेको छ ।