आर्थिक

सुनको मुल्यमा एकैदिन २ हजारको गिरावटः कति पुग्यो त कारोवारी मुल्य ?

काठमाडौं । बजारमा सुनको मुल्यमा कहिले ह्वात्तै गीरावट आउछ त कहिले ईतिहास राख्नै मुल्य बढ्छ । पिछल्लो समय अत्यधिक बढ्दै आकासिएको सुनको मुल्यमा फेरी भारी गिरावट आएको छ ।

९० हजारको हाराहारीमा पुगिसकेको सुनको मुल्य घटेर फेरी ७५ हजारमा आईपुगेको छ । आज मंगलबार एकै दिनसुनको मुल्य २ हजार रुपैयाँले घटेको छ । आज (मंगलबार) एकै दिन सुनको भाउ दुई हजारले घटेको छ । आज सुन प्रतितोला ७५ हजार पाँच सय कायम भएको छ ।

चाँदीमा पनि एकै दिन ८० रूपैयाँ घटेको छ । आइतबारका तुलनामा पाँच सय बढेर सोमबार प्रतितोला ७७ हजार पाँच सय भएको थियो । अन्तर्राष्ट्रिय बजारमै गिरावट आएको असर नेपाली बजारको कारोबार मूल्यमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

नेपाली बजारमा सुनको भाउ उकालो लागेर फेरि घट्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबारका तुलनामा एक हजार पाँच सय घटेर आइतबार कारोबार मूल्य ७७ हजार प्रतितोलामा आइपुगेको थियो ।

गत साताको पहिलो दिन ८२ हजार पाँच सय प्रतितोला पुगेको भए पनि क्रमिक रूपमा घट्दै शुक्रबार ७८ हजार पाँच सय रूपैयाँमा आइपुगेको थियो । बिहीबार ८१ हजार पाँच सय प्रतितोला कायम भएको कारोबार मूल्य शुक्रबार एकैदिन तीन हजार रूपैयाँ घटेको थियो ।

यस्तै आइतबार र सोमबार प्रतितोला ७९० रूपैयाँमा स्थिर चाँदी पनि मंगलबार घटेर प्रतितोला ७१० रूपैयाँमा झरेको छ ।