विचार/ब्लग

सिन्दुरले सौन्दर्यता दिने मात्र होईन महिलामा यौन चाहाना पनि बढाउँछ

रजनी श्रेष्ठ / हेर्दा रातो रंगको देखीने मसिनो पीठो जस्तो पदार्थलाई सिन्दुर भनिन्छ । सिन्दुरलाई रंगहरुको राजा मानिन्छ भन्दा फवरक पर्दैन । सिन्दुरलाई रगंहरुको राजा मानेर नै होला रातो राम्रो गुलियो मीठो भन्ने प्रचलन छ । नेपालीमात्र नभएर हिँनद्यू समाजमा रातो रंग प्रायः सबैलाई मन पर्दछ । उज्यालो र चम्किलो हुने भएकाले रातो रंगलाई रंगहरु मध्ये विषेश मनिएको हुनसक्छ । सिन्दुरको रंग मानिसको रगतको रंगसंग मिल्ने भएकाले पनि रातो रंगको सिन्दुरलाई महत्वपुर्ण रुपमा लिइन्छ ।

सिन्दुर हेर्नको लागि मात्र राम्रो होइन । सिन्दर हिन्दु धर्मसंग सम्बन्धित रंग हो । हिन्दु धर्म अनुसार विबाहको समयमा दुलाहाले दुलहीलाई विबाहको निसानीको रुपमा सिउँदोमा सिन्दुर लगाइदिने परम्परागत प्रचलन रहेको छ । एउटी विबाहीत महिलाले दिनहुँ सिउँदोमा सिन्दुर लगाएर बिवाहित भएको चिनारी दिने गर्दछ । उनले आप्ना श्रीमानको आयु लामो होस् भन्ने हेतुले होस् या त परम्परालाई धान्ने रुपमा होस् सिन्दुरलगाउने नेपाली बिबाहिता नारीहरुको इतिहासदेखीकै प्रचलन हो ।

कतिपय यस्तो धर्महरु छन् जुन धर्मका महिलाहरु बिबाहित हुन् या होइनन् भन्ने कुरा मान्छे देख्नेबित्तिकै जानकारी लिन सकिन्न । तर हिन्दु धर्मका महिलाहरुको सिउँदोमा लगाएको सिन्दुरले बिवाहित भएको परिचय दिने गर्दछ । हिन्दु धर्मका महिलाहरु आफ्नो पतिको नामको सिन्दुर लगाउन पाउदा आफुलाई सौभाग्य र गौरवान्वित ठान्ने गर्दछन् । कुनै कार्यक्रम, पार्टी, सभा समारोह तथा महिला गोष्ठीमा भेला हुँदा विबाहित महिलाहरु साडी चोलो, हातमा चुरा गलामा पोते र सिउँदोमा सिन्दुर लगाएर जाने गर्दछन् । यसले महिलाहरुलाई सिन्दुर र आकर्षक देखिनुका साथसाथै बिवाहको पुर्ण पहिचान झल्काउन सफल देखिन्छ ।

पछिल्लो समय धर्म संस्कार र संकृतिमा पश्चिमी शैलीको निकै ठुलो हावी भएको देखीन्छ । बिबाहित महिलाले लगाउने गरेको सिन्दुरका साथै चुरा, पोते, मंगलशुत्र, औठी, पाउजू लगायतका सामानलाई फेसनको रुपमा भन्दा बढी मान्ने गरेको पाइदैन । कतिपय आधुनिक भनिने महिलाहरुले यस्ता परम्परालाई एउटा बुढापाका को लागि मात्र भएको भन्दै सिन्दुर नलगाउने, साडीचोली नलगाउने गरेको पाउन थालिएको छ । उनीहरु मध्ये कतिपयले फेसनको रुपमा मात्र लगाउने गरेको पाइन्छ । कतिपय महिलाहरु सिउँदोमा सिन्दुर लगाउनु एउटा कुरीति कु संस्कार भन्दै परम्परालाई गाली गलौजका शब्दहरु प्रयोग गर्ने गर्दछन् । पश्चिमी संस्कृतिलाई पछ्याउने हिन्दु धर्मका महिलाहरु सिउँदोमा सिन्दुर लगाउन छाडिसकेको देखिन्छ । उनीहरु सिउँदोमा सिन्दुर लगाउदैमा कुनै धर्म मानिने र कसैलाई माया गरेको नहुने भनाइ राख्छन् । सिन्दुर लगाउनु झन्झटीलो र महिलाहरुलाई जर्वजस्ती परम्परा लादेको सम्झन्छन् त्यो गलत छ ।

सिउँदोमा सिन्दुर लगाउनु धार्मिक रुपमा मात्र नभई वैज्ञानिक रुपमा समेत फाइदाजनक र विषेश महत्व रहने पुष्टि भइसकेको छ । महिलाहरुले बिवाहको समयमा शीरमा आधा भाग छुट्याएर बिच भागमा सिन्दुर लगाउने गरिन्छ । निधार शरीरको महत्वपुर्ण र संबेदनशील अंग हो । सीउँदोमा लगाउने सिन्दुर बेसार र पारो मिसाएर बनाउने गरिन्छ । पारोमा रहेको अन्तर्निहित गुणका कारण मानिसको शरीरमा रहेको रक्तचापलाई सन्तुलन गर्नुका साथै यौन चाहानामा बृद्धि गर्ने गर्दछ । जसले गर्दा बिवाह पुर्व महिलाहरुलाई सिन्दुर लगाउन बञ्चित गरिएको हो । पारोमा रहेको गुणले तनाव कम गर्नुका साथै शरीरलाई सतर्क र सक्रिय राख्न समेत ऊर्जा प्रदान गर्ने वैज्ञानिक तथ्य रहेको छ ।

शरीरमा अनुभुतिको एउटा महत्पुर्ण अंगमा लगाइने सिन्दुरले महिलामा आफ्नो दायित्व समेत बोध गराउने बैज्ञानिकहरुको भनाई छ । कुनै तथ्य र कारण बिना सिन्दुर लगाइन्थ्यो भने सिउँदोमा नै लगाउनुपर्ने थिएन । धार्मिक परम्परा संस्कृति र रितिरिवाजले आफ्नै किसिमको सकारात्मक महत्व बोकेको हुन्छ । सिन्दुर लगाउनु मात्र नभई हिन्दु धर्मका धेरै पौराणीक रिवाजहरुलाई बैज्ञानिकले समेत सदर पुष्टि गरिसकेको छ ।

त्यसैले हजारौं र लाखौँ पर्ने सुन, चाँदी, हिरा जस्ता बहुमुल्य धातुहरु शरीरका विभिन्न अंगमा सजाइन्छ । तर दुई रुपैयाँ पर्ने सिन्दुर शरीरको महत्वपुर्ण अंग शीरमा सजाइन्छ । शीर मानिसको पहिलो दृष्टिमा पर्ने अंग हो । शीरमा अनुहार, आँखा, मुख, नाक, कान जस्ता रहेक क्रियाकलापमा पहिलो प्रयोग हुने अंगहरु रहेको हुँदा सिउँदोको सिन्दुरले अनुहारलाई आकर्षक र चम्किलो बनाउन मद्धत गर्दछ । जसले गर्दा हाम्रो जिवनको हरेक क्रियाकलाप देखी जुनसुकै स्थानमा पनि आत्माविश्वासका साथ सफतापुर्वक काम गर्न सकिन्छ ।

सिन्दुर महिलाको सिउँदोमा सजाउन मात्र होइन । भगवानलाई पुजा गर्न देखी खुसी उमंग र सफलता बाँढ्दा समेत प्रयोग गरिन्छ । सिंदुरले एउटी सुन्दर महिलालाई अझ सुन्दर बनाउन मद्धत गर्दछ । सिनदुरले एउटी बिबाहित हिन्दु नारीलाई संस्कारी महिलाको रुपमा चिनाउने काम गर्दछ । सिन्दुरका धेरै महत्व छन् त्यसमा महत्वको बारेमा जानकारी नहुने सामान्य मान्छेले पनि जान्ने कुरा नै नारीलाई सुन्दर सभ्य र अनुशासीत नारीको पहिचानको महत्वपूर्ण पहिचान हो । सिन्दुर आजकाल नाटक एबम् सिनेमामा कलाकारले अबिबाहिताले पनि लगाउने गरेका छन् । कतिपयले अबिबाहितले सिन्दुर लगाउनु गलत भन्दछन् भने कतिपयले नाटक तथा सिनेमामा सिन्दुर लगाउादा फरक नपर्ने बताउँछन् ।

जे सुकै भएपनि एउटा सभ्य हिन्दू नारीको पहिचानको रुपमा लिईने सिन्दूरका महत्व जति नै बर्णन गरेपनि कम नै हुन्छ त्यसका लागि धेरै पुष्तक अध्ययन गर्नुपर्ने हुन्छ अब यतिमात्र बुझौं परम्परागत महत्वलाई बचाएर बिबाहिता नारीले सिंदुर लगाउन नहिच्किचाऔं । सिन्दुर लगाएर आफु बिबाहिता भएको परिचय दिऔं ।