मनोरञ्जन

धुर्मुसलाई बा–आमाको आशिर्वादः गरिब जनताको मेहनत र पसिनाले जम्मा भएको पैसामा र्याल नकाढ्नु

काठमाडौं । कलाकारिता क्षेत्रबाट समाज सेवामा प्रवेश गरेका सिताराम कट्टेल धुर्मुस सायद नचिन्ने कमै होलान । नेपाल मा मात्रै नभएर अन्य मुलुकमा पनि यो नाम अत्यन्तै चर्चित छ । कट्टेलले भुकम्प प्रभावीतको घर बनाउने देखि रंगशाला निर्माणमा मेहनतका साथ लागेका छन् । साथै धुर्मुस सुन्तली फाउन्डेसनका नाममा एउटा संस्था स्थापना समेत गरेका छन् ।

जहाँ मनकारी व्यक्तिहरुले र्धुमुसको अभियानमा सहयोग गर्नलाई पैसाहरु दिने गर्दछन् । देशदेखी विदेशबाट सहयोगहरु आउने गर्दछन् । यस्तै बेला–बेलामा धुर्मुसले पैसा खायो भनेर बिरोध पनि हुने गरेको हुन्छ । तर उनले पैसा कमाउनु नभई देशको सेवा गर्न आफु लागिपर्ने बताएका छन् ।

कट्टेलमा आमा–बुवाले पनि जतनाले विश्वास गरेर सहयोगमा दिएको पैसा हिनामिना नर्गन छोरालाई सुझाव दिएका छन् । आमा कमलाकुमारी कट्टेल र बुवा बोगराज कट्टेलले चितवनमा निर्माणाधीन रंगशाला हेर्दै जनताको रगत र पसिनाबाट संकलित एक पैसापनि दुरुपयोग नगर्न सुझाव दिएका छन् । धुर्मस सुन्तली रंगशाला निमौणमा आर्थिक सहयोग जुटाउन चितवनमा लागेको धनधाञ्चल महायज्ञमा भाग लिन सितारामका बुवा–आमा चितवन पुगेका थिए ।

यसअघि पनि धुर्मुस सुन्तली फाउण्डेशनले बनाएका चारवटा बस्तीहेर्न काभ्रेबाहेक सबै ठाउँमा उनिहरु पुगेका थिए । कमलाकुमारी र वोगराजका तीन छोरा र दुई छोरी मध्ये सिताराम कट्टेल जेठो सन्तान हुन् । रंगशाला निर्माणका लागि देश र विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

वृद्धबाबुआमादेखि खाडीमा गएर चर्को श्रम गर्न बाध्य नेपालीहरुले गरिरहेको सहयोगको एक पैसा पनि हिनामिना नगर्न र सबै खर्च पारदर्शी होस् भन्ने सुझाव धुर्मसका पिता बोगराज कट्टेलको छ । उनी भन्छन्, ‘जनताले विश्वास गरेर दिएको एक रूपैयाँ पैसा पनि हिनामिना गरेको रेर्कड मेरो कानले सुन्न नपरोस्, म त्यो सुन्न चाहान्नँ । गरिब जनताको मेहनत र पसिनाले जम्मा भएको पैसामा र्याल नकाढ्नु भनि सुझाव दिएका छन् ।