समाचार

कोभिड-१९ आपतकालीन कोष स्थापना गर्ने प्रधानमन्त्री मोदीको प्रस्ताव

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेल कोरोना भाइरस अर्थात् कोभिड(१९ विरुद्ध लड्न कोभिड-१९ आपतकालीन कोष स्थापना गर्न प्रस्ताव गरेका छन् ।

कोभिड(१९ विरुद्ध लड्‍न दक्षिण एसिया सहयोग संगठन (सार्क) को साझा रणनीति बनाउन गरिएको भिडियो सम्मेलनमा सबै नेताहरुको आ(आफ्नो मुलुकमा भइरहेको पहल र रोकथामको उपाय सुनिसकेपछि भारतीय प्रधानमन्त्री मोदीले यस्तो प्रस्ताव गरेका हुन् ।

उनले भारतका तर्फबाट १० मिलियन अमेरिकी डलर योगदान गर्न तयार रहेको बताएका छन् । उनले भने, आपतकालीन कोषका लागि भारत १० मिलियन अमेरिकी डलर योगदान गर्न तयार छ । यसमा सबै मुलुकहरुको स्वस्फूर्त योगदान गर्न सक्ने बताए । आवश्यकता अनुसार जुनसुकै मुलुकले पनि उक्त कोषको रकम प्रयोग गर्न सक्नेछन् । उनले दूतावासको सहयोगमा विदेश मन्त्रालयले यसको टुंगो लगाउने जानकारी गराए ।

त्यसैगरी प्रधानमन्त्री मोदीले कोरोना भाइरसको टेस्ट किट र अन्य उपकरणसहितको र्‍यापिड रेस्पोन्स टिम परिचालन गर्न सकिनेसमेत बताए । उनले भने, यस महामारीविरुद्ध लड्न सबै एक हुनुपर्छ । हामी अलग भएर होइन, एक भएर काम गर्नुपर्छ । हामीले कोलाबोरेसनमार्फत् अघि बढ्नुपर्नेछ न कि कन्फुजन । साथै महामारीलाई प्रिपेरेसनका साथ सामाना गर्नुपर्छ नकी प्यानिकमा रुपमा । त्यसैगरी मोदीले अनलाइन ट्रेनिङ क्यापसुल पनि सञ्‍चालन गर्न सकिने प्रस्ताव गरे ।