समाचार

कोरोनाको नियन्त्रणका लागि सरकारको तयारी, तीन अस्पतालमा २३५ आईसीयू बेड थपिने

काठमाडौं । चीनको बुहान प्रान्तबाट विश्वभर तिव्र रुपमा फैलिरहेको कोरोना भाइरस संभावित संक्रमण नियन्त्रणका लागि सरकारले २३५ आइसीयु बेड तयार पार्ने भएको छ । कोरोना भाइरस भित्रन नदिन हवाइ मार्ग र स्थलमार्गमा कडाइ गर्नुका साथसाथै उपचारको लागि तिन ओटा अस्पताल छुट्याइएको छ । टेकु स्थित सुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा कोरोनाको मात्र उपचार गर्ने व्यवस्था मिलाइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरुोना भाइरसलाई महामारी घोषणा गरीसकेको छ । १२० भन्दा बढी देशका ५ हजार ८०० भन्दा बढिले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाइसकेको र लाखौ संक्रमित भइसकेका छन् । कोरोना फैलन नदिन नेपालले सवै देशमा पर्यटक भिसामा रोक लगाइएको छ भने संक्रमण फैलिएको देशबाट आएकाहरुले क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरीएको छ ।

कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गरेका प्रयासका विषयमा जानकारी दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरस प्रवेश गर्न नदिन प्रयास भइरहेको आइतवार राष्टियसभालाई जानकारी दिएका छन् । विश्भरी नै माहामरीको रुपमा फैलिरहेको भाइरस भारतमा पनि फैलिसकेकाले नेपाल उच्च जोखीममा परेकाले भारतसंग सिमा जोडिएका नाकाहरुमा बन्देज लगाइएको र अत्यावश्य रुपमा भैरहेको आवतजवतमा कडाइ गरेको बताए ।

उनले कोरोना भाइरस नेपालमा भित्रन नदिन सक्दो प्रयास भैरहेको र संक्रमीत भैहालेमा नियन्त्रण लिनसक्ने गरी तयारी भैरहेको बताए । उनले कोरोनाका भाइरसको विषयलाई लिएर  भयभित आतंकित नहुन आग्रह गरे । सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले उपत्यकाभित्र थप १२० र बाहिर ११५ आईसीयू वेड तयार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री ढकालले जानकारी दिए । हाल काठमाडौं उपत्यकाका सबै अस्पतालमा गरी १७० वटा आईसीयू बेड छन् भने कोरोनाको सम्भावित संक्रमितको उपचार गर्न १५५ वटा आइसोलेटेड बेड तयार गरिएको छ ।

उनका अनुसार प्रमुख जिल्ला अधिकारी र स्वास्थ्यकर्मीलाई जोखिमपूर्ण अवस्थामा जिल्ला नछोड्न निर्देशन दिइएको छ भने अस्पतालमा काम गर्ने जनशक्ति र त्यससँग सम्बन्धित व्यक्तिको जोखिमबाट उत्पन्न सबै खालका आतंकलाई हटाउन सरकारको तर्फबाट आवश्यक पहल हुने विश्वास दिलाएको उनले बताए ।

उनले भने होम क्वारेन्टाइनमा बस्दा सुख्खा खोकी, ज्वरोलगायतका इण्डिकेटर चेक गर्ने र ‘लक्षण देखियो भने अस्पताल लैजाने र रिपोर्ट पोजेटिभ भयो भने सम्पूर्ण उपचारको जिम्मा राज्यले लिन्छ । नेगेटिभ रिजल्ट आयो भने १४ दिन क्वारेन्टाइनमा बसेर सहयोग गर्ने विश्वास लिएको बताए