राजनीति

कञ्चनपुर सीमा विवादका विषयमा तत्काल जानकारी लिन्छु : गृहमन्त्री थापा

काठमाडौं पछिल्लो केही दिनयता कञ्चनपुरको बेल्डाँडी क्षेत्रमा नेपाल–भारत सीमा क्षेत्रमा विवाद बढिरहेका बेला नेकपाका सांसदसिहतको टोलीले गृहमन्त्री रामबहादुर थापा समक्ष ज्ञापनपत्र बुभाmएका छन् ।

गृहमन्त्री थापाले कञ्चनपुरमा देखिएको सीमा विवादबारे सरकार गम्भीर रहेको बताएका छन् । गृहमन्त्री थापाले नापी विभागका महानिर्देशकलाई बोलाएर आफूले तत्कालै जानकारी लिने बताए । गृह, पराराष्ट्र र भूमिसुधार मन्त्रालयले समन्वय गरेर देखिएको विवाद हल गर्नेतर्फ आफू सक्रिय रहने उनले बताए । ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन् ।

केही दिनअघि नेपाल-भारत संयुक्त सर्भे टोलीले स्थापना गरेको सहायक सीमास्तम्भ ७८३र४ मा विवाद भएको थियो । सीमावर्ती भारतीय बजार बनबासामा बसेको संयुक्त सीमा सर्भे टोलीले कैलालीको खक्रौलादेखि कञ्चनपुरको ब्रह्मदेवसम्मका सीमास्तम्भ पुनर्निर्माणदेखि व्यवस्थापन गर्न बैठक डाकेको थियो । सोही विवादबारे सभापति पालसहितको टोलीले गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा नेपाल भारत संयुक्त सीमा सर्भे टोलीले सीमा रेखाङ्कन गर्दा मुख्य सीमा स्तम्भ ९जंगे पिलर० लाई आधार बनाएर स्ट्रिप नक्सा बनाउनु पर्नेमा ऐतिहासिक कालदेखि नेपाली भूभाग कायम भएको सयौैं हेक्टर जग्गा भारत तिर पर्ने गरी एकतर्फि रूपमा स्ट्रिप नक्सा बनाएको उल्लेख छ ।

कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाको वडा नम्बर ३ बैवाहामा रहेको साविक ३२ नम्बर पिल्लरदेखि ३३ नम्बर पिलर र ३३ नम्बर पिल्लर देखि ३४ नम्बर पिलरसम्म सीमांकन गर्दा २०२८ सालदेखि भोगचलन गर्दै आएको र लालपुर्जा भएको सयौं परिवारको जग्गा भारततिर पर्ने गरी नयाँ सीमाङ्कन गरिएको ज्ञापनपत्रमा उल्लेख छ ।

यसअघि उक्ता क्षेत्रमा कुनै विवाद नरहेको नेकपाकै सासंद बताउँछन् । ज्ञापनपत्र बुझाउन गएको टोलीमा प्रतिनिधिसभा सदस्य दीपकप्रकाश भट्ट, नरबहादुर धामी, राष्ट्रियसभा सदस्य बिना बुढाथोकी, बेलौरी नगरपालिका उपप्रमुख चित्राकुमारी चौधरी, नेकपा नेता ओमविक्रम भाट लगायत थिए ।