आर्थिक

सुनको मुल्य ह्वात्तै घट्योः आज मात्रै प्रतितोलामा १५ सयको गिरावट, ७७ हजार रुपैयाँ कायम

काठमाडौं । केहि दिनदेखी बढिरहेको सुनको मुल्यमा गिरावट आउन सुरु भएको छ । नेपाली बजारमा केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्य आइतबार अज प्रतितोला १५ सय रुपैयाँले घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँ कायम भएको छ।

शुक्रबार एकैदिनमा प्रतितोला ३ हजार रुपैयाँले घटेको थियो । बुधबारदेखि निरन्तर ओरालो लागेको सुनको मूल्यमा शुक्रबार एकैदिन प्रतितोला ३ हजार रुपैयाँ घटेको थियो ।

शुक्रबार छापावाल सुनको ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार छापावाल सुनको मूल्य ८१ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

 

त्यस्तै तेजावी सुनको मूल्य शुत्रबार ७८ हजार २ सय रुपैयाँ कायम भएको थियो । आइतबार तेजावी सुनको मूल्य ७६ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

चाँदीको शुक्रबार ८ सय २० रुपैयाँमा कारोबार भएकोमा आइतबार प्रतितोला ३० रुपैयाँले घटेर ७ सय ९० रुपैयाँ तोकिएको छ ।