राजनीति

राप्रपा अध्यक्ष जवराद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग

काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टि अध्यक्ष पशुपति समसेर जवराले प्रधानमन्त्री केपी शर्मा आलीलाई तत्काल राजीनामा दिन आग्रह गरेका छन् । उनले प्रधानमन्त्रीको स्वास्थ्यस्थिति ठिक नभएको कारण आफ्नो पद र मुलुकप्रतिको कर्तव्य निर्बहन गर्न नसकेको भन्दै राजीनामा दिन आग्रह गरेका हुन ।

लामो समयदेखी स्वास्थ्य अवस्था ठिक नभएका कारण उपचार गराइरहेका प्रधानमन्त्री ओलीको केही हप्ता पहिलेमात्र त्रिवि शिक्षण अस्पताबाट मृगौला प्रत्यारोपन गरीएको थियो । शारिरक अस्वस्थताका कारण देशप्रति डटेर काम गर्न नसकेकाले प्रधानमन्त्री पदबाट राजीनामा दिई आराम गर्न समेत आग्रह गरेका छन् ।

काठमाडौमा आयोजित साक्षत्कार कार्यक्रममा बोल्दै उनले भने ‘प्रधानमन्त्री स्वस्थ हुँदा पनि देशको लागि केही गरेनन् उनले अब राजीनामा दिनु उचित हुन्छ । अध्यक्ष जवराले आली सरकारले जनतालाई कुनैपनि किसिमको सेवा दिन नसकेको आरोप लगाएका छन् । संविधान जारी गर्दा राप्रपा पनि चार दलमध्ये एक शक्ति भएकोले आफूहरु संविधानप्रति प्रतिबद्ध रहेको उनको भनाइ छ ।