पत्रपत्रिका

के हो क्‍वारेन्टाइन र आइसोलेसन भनेको के हो ?

काठमाडौँ । कोरोना भाइरसको उद्गमस्थल वुहानबाट शंका गरिएका वा सामान्य व्यक्तिलाई सम्बन्धित देशमा फर्किएपछि १४ दिनसम्म क्वारेन्टाइनमा राखिन्छ । तर स्वस्थ व्यक्तिलाई पनि ‘आइसोलेसन’ मा राख्नुपर्छ ।

चीनबाट फर्किएकाहरूले १४ दिन क्वारेन्टाइन बसेपछि घर फर्केर पनि बाँकी २० दिन ‘स्वयं अलग’ बस्नुपर्छ । आइसोलेसनको अर्थ एक्लै रहनु हो ।

त्यसको अर्थ घरमा रहँदा पनि मास्क लगाएर बस्ने, घरका सदस्यसँग सम्पर्कमा नआउने र शौचालय अलग प्रयोग गर्ने उपाय अपनाउनुपर्छ । रुमाल र टुथपेस्ट पनि सबैको उही हुनु भएन । अर्काको कोठामा जानु भएन । मास्कको आयु हुने भएकाले प्रयोग गरिसकेपछि खाल्डोमा पुर्ने वा जलाउने गर्नुपर्छ । भाइरस हावामा उडेर अरूलाई संक्रमित बनाउन सक्छ । र्‍याल र थुकका कण उडेर नजाओस् भनेर सतर्क रहनुपर्छ । क्वारेन्टाइनमा संक्रमण देखिएन भन्नुको अर्थ सबैसँग हेलमेल गर्न र सँगै खानपिन गर्न मिल्छ भन्ने होइन । कान्तिपुरबाट