साहित्य

वरिष्ठ साहित्यकार डीपी भण्डारीको निधन

काठमाडौं । वरिष्ठ साहित्यकार डा। डिपी भण्डारीको निधन भएको छ ।

बौद्धक लेखक र प्राध्यापकको रुपमा चर्चित रहेका भण्डारीको शनिबार दिउँसो साँढे ११ बजे काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको हो ।

सन् १९३६ मा डोटीको निरौला गाउँमा जन्मिनुभएका भण्डारीले चार दशकभन्दा बढी समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्नुभएकको थियो। भण्डारी केही वर्षयता विस्मृतिको शारिरीक समस्यामा थिए । उनको ‘मृगस्थली’ नामक निबन्धसंग्रह प्रकाशित छ ।