समाचार

१७ लाख घुसलिदै गरेका नापी अधिकृत श्रेष्ठसहित ५ जना पक्राउ

रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रुपन्देही जिल्लाको नापी कार्यालयका अधिकृत सरोज श्रेष्ठसहित ५ कर्मचारी र एक जना दलाललाई १७ लाख घुससहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रुपन्देहीस्थित नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तीर्थराम भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा, मतियार राजकुमार अर्याल रहेका छन् ।

जग्गाको कित्ताकाट मिलाइदिने भन्दै सेवाग्राहीसंग घुस लिंदै गर्दा अख्तियारको टोलीले उनीहरुलाई भैरहवाबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियार कार्यालयले जनाएको छ ।