विचित्र संसार

पढ्नुहोस्, यस्तो छ मायाको रोचक तथ्यहरु

एजेन्सी । प्रेम, माया यस्तो शब्द हो जुन हामी देखाउछु भन्दा पनि देखाउन सकिदैन र हामी माया विना पनि बाच्न सक्दैनौं मायामा कतिसम्म पनि हुन्छ भने आफूले माया गरेको मान्छे नपाउंदा सुसाइड गर्ने जस्ता घटनासम्म घटेको हुन्छ त्यसैले गर्दा यो मायाको अन्यक रुप हुन्छ । यसै प्रेमसँग सम्बन्धित केही अनौठा तथ्य रहेका छन् । सबैभन्दा धेरै ‘आइ लव यू’ नोभेम्बर महिनामा भनिन्छ । वैज्ञानिकको अनुसन्धानका आधारमा राम्रो शरीर भन्दा राम्रो अनुहारलाई बढि आकर्षक मानिन्छ ।

विश्वमा करीब ३० लाख व्यक्ति सँधैजसो ‘डेट’ मा जाने गर्दछन् । अर्जेन्टिनाका एक किसानले आफ्नो स्वर्गीय पत्नीको यादमा जीवनभर ‘गिटार’ आकारको खेतमा खेती गरेका थिए । प्रेमका प्रतीकको रुपमा ‘हर्ट सीम्बोल’ लाई सन् १२५० बाट सुरु गरिएको थियो । सन् २०१४ को ‘भ्यालेनटाइन डे’मा एरोजिनाको जेलबाट एक कैदी आफ्नो प्रेमिकासँग भेट्नका लागि जेल बाट भागेका थिए । साधारण मानिसमा प्रेम विवाहको सुरुवात १८औं शताब्दीबाट भएको थियो ।