मनोरञ्जन

‘फूल दिन्छौँ भन्थ्यौँ ‘सार्वजनिक (भिडियो सहित)

काठमाडौं । सक्किगोनीमा क्रकोजकी गर्लफ्रेण्डको रुपमा चर्चित उषा उप्रेती र चर्चित कोरियोग्राफर गम्भिर विष्टको अभिनित रहेको ‘फूल दिन्छौँ भन्थ्यौँ ‘सार्वजनिक भएको छ । उषा र गम्भिरको जोडीलाई भिडियोमा निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

वैदेशिक यात्राले सम्बन्धमा ल्याएको दरारलाई उत्कृष्ट शैलिमा प्रस्तुत गरिएको छ । गीतको भिडियो हेरेपछि धेरैले केही महिना अघि रञ्जाना काण्डमा भएको घटनामा आधारित भएर भिडियोको कथा प्रस्तुत गरिएको समेत भनिएको छ । यद्यपी यस भिडियो उक्त घट्नामा आधारित नभएको गीतका निर्देशक समेत रहेका गम्भिर विष्टले बताएका छन् ।

बालकुमारी घिमिरेको शब्द तथा दानी निरौलाको संगीतमा रहेको गीतमा चर्चित गायक विश्व नेपालीको स्वर रहेको छ ।

ज्ञानेन्द्र शर्माको सिनेम्याटोग्राफी रहेको गीतको भिडियोलाई नविन निरौलाले सम्पादन तथा रंग दिएका हुन् भने गम्भिर विष्टको निर्देशन रहेको छ ।
[youtube https://www.youtube.com/watch?v=D3yZCsvab3o]