राजनीति

देउवाले नेताहरुलाई कारबाही गरेकोमा मेरो सहमती छ भन्नु घृणित षडयन्त्रः बरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले सभापति देउवालाई गोबिन्दराज जोशी, पुष्करनाथ ओझा, कर्ण मल्ल लगायतका काँग्रेस नेताहरुलाई अन्तरघातको आरोपमा कारबाही गर्न सहमती दिएको भन्ने कुरा गलत भएको बताएका छन् ।
नेता पौडेलले एक प्रेश बिज्ञप्ती प्रकाशन गर्दै षडयन्त्र र अनेक विकृत उपाय अवलम्वन गरी सत्तामा हावी भैरहन चाहने प्रवृत्तिसँग आफ्नो लडाई जारी रहेकोतर्क गरेका छन् । नेताहरुलाई कारबाही गरेपछि अनुसाशन समितिका सदस्य उमाकान्त चौधरीले राजीनामा दिईसकेका छन् भने अर्का सदस्य धनराज गुरुगं पनि सन्तुष्ट छैनन् । सभापति देउवाले केही नेताहरुलाईसाधारण सदस्य समेत नरहनेगरी कारबाही गरेपछि काँग्रेसभित्रको बिबाद चुलिएके छ ।

नेता पैडेलले बिज्ञप्तीमा भनेका छन्, यही फागुन ३० गतेको अन्नपूर्ण पोष्ट र कतिपय संचार माध्यममा प्रकाशित समाचारप्रति मेरो आपत्ति छ । स्वयं वागी उम्मेदवार बनेर खुलेआम अन्र्तघात गर्ने व्यक्ति र आफूलाई मन परेन भन्दैमा अन्दाजको भरमा आरोपित कार्यकर्तालाई सँगै जोडेर कारवाहीको नाटक जो मञ्चन गरिएको छ, यो घृणित षडयन्त्र हो । यस्तै षडयन्त्र र अनेक विकृत उपाय अवलम्वन गरी सत्तामा हावी भैरहन चाहने प्रवृत्तिसँग मेरो लडाई जारी छ । नेपालमा पार्टी र लोकतन्त्र यस्तै प्रवृत्तिबाट कमजोर भएको छ । मलाई यो सैह्य छैन ।