पु.समाचार

महाविर पुनले उठाएको रकम दुरुपयोगको आशंका छ, अख्तियारले छानविन गरोस्ः दिल निशानी

काठमाडौं । पत्रकार दिल निशानी मगरले ‪महाविर पुनको कार्यशैलीप्रति असहमती जनाएका छन् । सामाजिक सञ्जालमा कडा कडा स्टाटस् राखेर चर्चा कमाएर नाम कमाएका मगरले महाविरको आविष्कार केन्द्रको बिषयलाई लिएर असहमती जनाएका हुन् ।

नेपालको वैज्ञानिकका रुपमा चिनिने महाविर पुनले महाविर पुनले आविष्कार गर्न सक्छन् भने कोरोना भाईरसको औषधी आविष्कार गर्ने हो, भन्दै निशानी मगरले विचारराखेका छन् । दिलले आजको युगमा त्यो नाथे बाँदर धपाउने मेशिन बनाएर कोही आश्चर्य मान्ने छैनन् भनदै तुलना गरेका छन् । महाविर पुनःको आर्थिक बिषयमा पनि दिल निशानीले गम्भीर प्रश्न उठाएका छन् । बेला बेलामा आविष्कार केन्द्रका लागि रकम अभाव भएको कुरा सामाजिक सञ्जालबाट महाविर पुनले बताएपछि बिश्वभर रहेका नेपालीहरुले सहयोग गरेपनि रकम के कति कसरी आयो भन्ने हिसाव कितावको बारेमा प्रश्न उठ्ने गरेको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दहालसँग नजिक रहेर माओबादी युद्धमा समेत सामेल भएका उनले फेसबुकमा लेख्दै भनेका छन्ः महाविर पुनले आविष्कार गर्न सक्छन् भने कोरोना भाईरसको औषधी आविष्कार गर्ने हो। आजको युगमा त्यो नाथे बाँदर धपाउने मेशिन बनाएर कोही आश्चर्य मान्ने छैनन्।‬