पु.समाचार

लडाकु बनाउने भन्दै १४ बर्षिया बालिका अपहरण गर्ने विप्लवका १४ कार्यकर्ता पक्राउ

काठमाडौं । धनुषा जिल्लामा बालिका अपहरण गरेको आरोपमा विप्लव समुहका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषा जिल्लाको गणेशनाथ चारथाना नगरपालिका ५ गौरीखोलाकी १४ वर्षिय गरिमा मोक्तान बुधबार साँझ ५ बजे अपरणमा परेकी थिइन् । मोक्तानको अपहरणको आरोपमा प्रहरीले उदयपुबाट विप्लव समुहका १४ जना कार्यकर्तालाई हात हतियारसहित पक्राउ गरेका हुन् ।

प्रहरीले बालिकालाई विप्लव समुहको साथबाट बिहिबार ३ बजेतिर उद्धार गरेको हो । उनलाई लडाकु बनाउने भन्दै अपहण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी प्रदुम्न काकीलले बताए ।