आर्थिक

महिला सशिक्तकरणमा कोका–कोलाको सम्माननिय कदम

काठमाडौं । जब तपाईं एक महिलालाई सशक्तिकरण गर्नुहुन्छ तब तपाईंले राष्ट्रलाई सशक्तिकरण गर्नुहुन्छ, यो कोका–कोलाकम्पनीको अभिव्यक्तिहो । महिलाहरुले आर्थिक सम्भावित क्षमता राख्नु संसारको साझा सफलतामा बराबरको योगदानकर्ता हो भन्ने कम्पनीको विश्वास छ ।

कोका–कोला कम्पनी कार्यक्षेत्रमा र यसको सबै दृष्टिकोणबाट महिला सशक्तिकरणमा केन्द्रित रहेको छ । यसलाई कार्यमालागू गर्दै बोटलर्स नेपाल लिमिटेड (कोका–कोला कम्पनीको अधिकृत बोटलर्स)ले आफ्नो ग्लोबल पहल ५बाइ२० को हिस्साको रुपमा शप्कीपर ट्रेनिगं एण्ड रिसोर्स “स्टार”कार्यक्रम संचालन गर्दै आएको छ ,जसको उद्देश्य सन् २०२० सम्म ५० लाख महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउनु हो ।

यस कार्यक्रमको उद्देश्य नेपाली खुद्रा विक्रेताहरुलाई खुद्रा व्यवसायको ४ मुख्य क्षेत्रमाःपसल व्यवस्थापन, स्टक व्यवस्थापन, ग्राहक व्यवस्थापन र वित्त व्यवस्थापनमा केन्द्रित भएर नेपालको गतिशील खुद्रा परिवेशमा सफल हुन आवश्यक सीप, प्रविधि र उपकरणहरु प्रदान गर्नु हो । बोटलर्स नेपालको सार्वजनिक मामिला संचार र स्थिरता टिम तथा सेल्स टिमबीचको संयुक्त सहकार्यले आजका मितिसम्म १५ शहर र नेपालका धेरै साना शहरहरुमा यो कार्यक्रममार्फत ५ हजार भन्दा बढि महिला खुद्राविक्रेताहरुलाई प्रशिक्षण दिइसकेको छ ।