विचार/ब्लग

महिलाहरु शुभकामना दिनकै लागि मात्र उत्पादन भएका हुन् र ?

रजनी श्रेष्ठ / ८ मार्चलाई ११० वर्ष पहिले देखी नै श्रमीक महिला दिवशको रुपमा मनाउदै आइरहेको छ । विभिन्न देशका महिलाहरुले आफ्नो हकहित र अधिकारका लागि संघर्षपुर्ण आन्दोलन पश्चात भएका सभा सम्मेलनले मार्च ८ लाई श्रमीक महिला दिवशका रुपमा घोषणा गरेको हो । यस दिनलाई महिला दिवश पनि भन्ने गरेका छन् ।

नेपालको राष्ट्रपति पदमा महिला हुनु महिला दिवशका दिनमा महिलालाई शुभकामना दिनकै लागि मात्र बनेका हुन् ? सममाननिय राष्ट्रपति ज्यु महिला भइरहदा नेपालका महिला दिदीबहिनीको कति समस्याको सुनुवाई भयो । महिलाहरुको समस्या के हो ? महिला अधिकार र महिलाहरुको सुरक्षाको लागी कस्तो नियम कानुन र नीति अबलम्बन गर्नु पर्ने हो बुझ्न जरुरी छ ।

महिला दिवशका दिन महिला अधिकार कर्मी तथा महिलाका अधिकारसंग सरोकारवाला निकाय लगायतका विभिन्न पेशासंग सम्बन्धित महिलाहरुद्वारा महिला जनजागृत कार्यक्रम, सभा, समारोह, गोष्टी, तथा अन्तरक्रिया कार्यक्रम गरी महिलाहरुलाई आफ्नो अधिकारको लागि आत्माविश्वासका साथ लड्न र आफुमाथि हुने कुनैपनि प्रकारको दुर्वव्यवहार र दवाव सहनु हुन्न भन्ने खालका सन्देश बाड्ने गर्दछन् ।

विभिन्न अन्तराष्ट्रिय महिलाहरुले आफुले गरेको श्रमको उचित पारीश्रमिक नपाएको र महिलाहरुलाई राजनीतिक, आर्थिक, सामाजिक अधिकारको ग्यारेण्टी हुनुपर्छ, भन्दै आन्दोन तथा सम्मेलन भएको दिनको सम्झना गर्दै महिलाहरु एक अर्कालाई शुभकामना साटासाट गरी यो दिनलाई एउटा पर्वको रुपमा मनाउने गर्दछ ।

अन्तराष्ट्रिय महिलाहरुले आफ्नो अधिकारका लागि गरेका आन्दोलनको सम्झनामा नेपालमा पनि यो दिवश मनाउने गरेको छ । आज ११० औं महिला दिवशको दिन नेपालमा पनि विभिन्न कार्यक्रमका साथमा महिला दिवश मनाइदै छ । महिला दिवशका दिन सामाजिक संजालदेखी पत्रपत्रिका, समाचार, रेडियो, टेलिभिजनबाट महिला दिवशको शुभकामना आदानप्रदान गर्नेको ठुलो जमात देख्दा नेपालमा महिला दिवश निक्कै धुमधामका साथ मनाइरहेको छ, भन्ने भान गराउछ । महिला दिवशका दिन नेपाली समाजमा महिलाको निक्कै ठुलो मान इज्जत, प्रतिष्ठा र अधिकार दिइएको आभाष हुन्छ ।

आज ११० औं महिला दिवशको दिन नेपालमा पनि विभिन्न कार्यक्रमका साथमा महिला दिवश मनाइदै छ । महिला दिवशका दिन सामाजिक संजालदेखी पत्रपत्रिका, समाचार, रेडियो, टेलिभिजनबाट महिला दिवशको शुभकामना आदानप्रदान गर्नेको ठुलो जमात देख्दा नेपालमा महिला दिवश निक्कै धुमधामका साथ मनाइरहेको छ, भन्ने भान गराउछ ।

हुन त नेपालमा महिलाहरु प्रतिष्ठित पद र सम्माननिय रुपमा नरहेका होइन् । नेपालको राष्ट्रपति जस्तो गरिमामय पदमा एउटी महिला हुनुहुन्छ । त्यस्तै अरु धेरै मन्त्रालय दखी प्रधानन्ययाधिश सम्म महिला नै हुनुभएको थियो । नेपालको संविधानमा महिलाको लागि ३३ प्रतिशत अधिकार पनि दिइएको छ । यसर्थ पनि नेपालमा महिला अधिकारको धेरै ख्याल राखेको देखिन्छ ।

भनिन्छ हेर्दा सेतो देखीने तरल सबै दुध हुदैन, टाढाबाट हेर्दा त युरीया पनि नुन जस्तै देखिन्छ । त्यस्तै दुर्दशा छ, नेपालमा महिलाको अधिकार शैदान्तिक रुपमा मात्र सीमित छ । व्यवहारमा अझैपनि महिलाहरु चुलो, चौको र दमन शोषणको चपेटामा छन् । नेपालमा हरेक दिन महिला दिदीबहिनीहरुले महिला दिवशको दिनको जस्तै आभाष गर्न सके कस्तो होला ? ३६५ दिनमा १ दिन महिलालाई अधिकार, सम्मानका भाषण गरेर महिला अधिकार पुरा हुन सक्छ ?

नेपालमा महिलाको हक अधिकार र न्यायको कुरा गर्ने हो भने महिलाहरुलाई एउटा पशु बराबरको ब्यावहार गरिन्छ । कहिले धर्म संस्कृतिको नाममा कहिले विभिन्न प्रथाको नाममा महिला माथी दिन प्रतिदिन दवाव, शोषण र चरम यातना दिने गरिएका घटनाहरु प्रशस्त छन् । तराईका महिलाहरु दाइजो नल्याएको निहुमा पारीवारीक झै झगडा र समाजको कलंक बन्न पुगेका छन्, भने सुदूरपश्चिमका महिला दिदी बहीनीहरु छाउपडी प्रथा जस्ता धर्म, संस्कृति र कु–प्रथामा पिल्सिरहेका छन् । कतिपय महिलाहरु बलात्कारको शिकारमात्र होईन, तेजाव हानेर जिन्दगी नै बर्बाद हुनेजस्ता पीँडामा बसेका छन् ।

हेर्दा सेतो देखीने तरल सबै दुध हुदैन, टाढाबाट हेर्दा त युरीया पनि नुन जस्तै देखिन्छ । त्यस्तै दुर्दशा छ, नेपालमा महिलाको अधिकार शैदान्तिक रुपमा मात्र सीमित छ । व्यवहारमा अझैपनि महिलाहरु चुलो, चौको र दमन शोषणको चपेटामा छन् । नेपालमा हरेक दिन महिला दिदीबहिनीहरुले महिला दिवशको दिनको जस्तै आभाष गर्न सके कस्तो होला ? ३६५ दिनमा १ दिन महिलालाई अधिकार, सम्मानका भाषण गरेर महिला अधिकार पुरा हुन सक्छ ?

दिन प्रति दिन बड्दै गएको यौन दुर्वव्यवहार, यौन शोषण र बलत्कार जस्ता जघन्य अपराधको घटना सुन्दा लाग्छ, समाजबाट मानवता हराइसकेको छ । समाजमा यस्ता क्रुर पुरुषहरुले महिलाहरुलाई गरेको अमानविय व्यवहार देख्दा समाजमा मानव अधिकार र महिला अधिकारका कुरा गर्नु आकासको तारा टिप्ने कथा जस्तो लाग्छ ।  पछिल्लो समयमा नेपालमा महिला तथा बालबालिकाहरु बलत्कारको घटनाले चरम सीमा पार गरिसक्दा पनि महिला अधिकारका कुरा गर्ने व्यक्ति समाज सरोकारवाला निकाय र राज्य कुन दुनियामा व्यस्त थिए वा सो घटनाको जानकरी थिएन पत्तो छैन् । यदि जानकरी थियो भने तेस्ता अपराधले असामान्य रुपमा बढ्दा किन कुनै पनि निकायले आपराधिक घटनाको उचित छानविन गरेन, अपराधीकाई पहिचान गरि कारबाही गरेन ? अपराधीलाई कडा भन्दा कडा सजाय गरिएन ? घटनाले चरम सीमा पार गरीसक्दा पनि किन फाँसी बराबरको कारबाहीको व्यवस्था गर्न सकिएन ? र बलात्कार जस्ता जघन्य अपराधलाई बढावा दिइयो ? नेपालको राष्ट्रपति पदमा महिला हुनु महिला दिवशका दिनमा महिलालाई शुभकामना दिनकै लागि मात्र बनेका हुन् ?

सममाननिय राष्ट्रपति ज्यु महिला भइरहदा नेपालका महिला दिदीबहिनीको कति समस्याको सुनुवाई भयो । महिलाहरुको समस्या के हो ? महिला अधिकार र महिलाहरुको सुरक्षाको लागी कस्तो नियम कानुन र नीति अबलम्बन गर्नु पर्ने हो बुझ्न जरुरी छ । यो राम्रो होइन कि महिला दिवशका दिन एउटा कार्यक्रम गर्ने र महिला अधिकारका भाषण गरी महिला सम्मानको ढोङ्ग गर्ने । महिलाको अधिकार र सम्मानका लागि समाजमा भएका प्राकृतिक अपवाद बाहेकका महिला र पुरुषमा छुट्याइने भिन्नता संस्कार, कुरीति र सामाजिक दृष्टिकोण फेर्नु आबश्यक रहेको छ । यसका लागि सम्बन्धित सरोकारवाला निकाय र राज्यले एउटा दरीलो नीति ल्याउनु र कडाइका साथ कार्यान्वयन गर्नु जरुरी छ ।

समाजमा महिलामाथि हुने कुनैपनि प्रकारको दवाव, शोषण, हिंसा, दुव्र्यवहार जस्ता घटनामा सरकार जिममेवार हुनु आवश्यक छ । समाजका अगुवाले शुभकामना दिने आरक्षण माग्ने भन्दा पनि महिलालाई भित्रैबाट शक्तीसाली बनाई समाजमा सम्मानपूर्वक बाँच्न सक्ने वजातावरण निर्माण गनुपर्ने अहिलेको महिलाको लागि गर्नुपर्ने वा सम्झनुपर्ने कुरा हो ।