विचार/ब्लग

आउ मलाई हेर, मलाई नियाल, मसंग एउटा सेल्फी लेउ…

रजनी श्रेष्ठ / नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरेको थियो । २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित सरकारले भ्रमण वर्ष घोषणा गरेको हो । भ्रमण वर्षलाई लिएर नेपालीहरु निक्कै उत्साहित भएका थिए । विदेशी पर्यटकको स्वागत सत्कारका साथ साथै आर्थिक समृद्धिको अपेक्षाले नयाँ खुसी र उमंग छाएको थियो ।

नेपालको भौगोलिक बनावट, प्राकृतिक सम्पदा र सुन्दरता, जैविक विविधता, मानव अनुकुल हावा–पानी, रितिरिवाज, परम्पराले नै पर्यटकलाई निम्तो गरिरहेको छ । भनिरहेको छ कि ! आउ मलाई हेर, मलाई नियाल, मसंग एउटा सेल्फी लेउ र म जति खुसी छु तेति नै खुुशी तिमी पनि हुनेछौ र पर्यटकहरु पनि लालायीत छन् कि ती पहाडका थुम्काहरु चढ्न, झरना र नदीका पानीसंगै वहन अनि प्रकृति जस्तै खुसी हुन । यि प्रकृतिका बाणीहरुसंग सहमत हुन पर्यटकहरु अत्ताल्लिरहेका छन् ।

भ्रमण वर्षको प्रचार प्रसारसंगैै विभिन्न पर्यटक आकर्षणकालागि मेला, महोत्सव, महायज्ञ जस्ता कार्यक्रमको आयोजना सुरु गरिरहेका र गर्ने योजना भइरहेका थिए । पर्यटन व्यवशायीहरुले पर्यटकको सुलभताको लागि होटल अग्रिम बुकिङ र विभिन्न किसिमका प्यकेज बुकिङ समेत संचालन गसिकेका थिए । यसका साथै सरकारले नेपाल भ्रमण बर्षको प्रचारलाई ब्यापक बनाएको थियो । विभिन्न देशमा पर्यटन मन्त्री योगेश भट्टराई स्वयंम् पुगेर नेपाल भ्रमणको निम्तो दिईरहेका थिए । सरकारले भ्रमण बर्षको लागि उद्योगपति सुरज बैद्यको नेतृत्वमा छुट्टै समिति पनि बनाएको थियो र अहिले पनि उक्त समिति छ ।

सरकारले औपचारिक रुपमा भ्रमण वर्ष २०२० घोषणाको तेस्रो महिना लागेको छ । यसैबिच छिमेकी राष्ट्र चीनको वुहान प्रान्तबाट कोरेना (कोबिड –१९) नामक भइरस फैलिएर हालसम्म विश्वका ९० भन्दा बढी मुलुकमा क्षती गरेको छ । यसका साथै कोरोना भाइरस संक्रमण कै कारण हालसम्म विश्वभर तीन हजार तीन सय भन्दा बढीले ज्यान गुमाईसकेका छन् भने एक लाख भन्दा बढीलाई कोरोना भाइरस संक्रमित रहेको बिश्व स्वास्थ्य संगठनले जनाएको छ । चीनमा मात्र ३०४२ को निधन भईसकेको छ । अहिलेसम्मको अवस्था हेने हो भने गर्मी समय पन आईसकेकोले कोरोना भाईरसका बिषयमा सचेत हुनुपरेपनि त्यति आत्तिईहाल्नुपर्ने अवस्था भने नेपाललाई छैन । 

नेपालको सबैभन्दा नजिकका छिमेकी मुलुकमध्येएक मुलुक चीनबाट फैलिएको भाइरसले विभिन्न देश हुँदै अर्को छिमेकी मुलुक भारतसम्म संक्रमण फैलिसकेकाले वा अन्य कारणले नेपाल पनि कोरोना भाइरसको उच्च जोखिममा रहेको बिश्व स्वास्थ्य संगठनले बताएको थियो । जसका कारण नेपालमा हवाई मार्ग र स्थल मार्गबाट आउने जाने पर्यटक अथवा यात्रुहरुलाई रोक लगाउनु पर्ने बाध्यात्मक परिस्थिति रहेको भएपनि सरकारले कडा निगरानी गरेको छ, अन्तर्राष्टिय उडानहरु सबै बन्द गरेको छैन । जसले गर्दा नेपाल सरकारको २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहितको भ्रमण वर्ष २०२० लाई प्रत्यक्ष असर पुगेको छ ।

नेपाल घुम्न आएका पर्यटक आफ्नो मुलुक फर्केपछि साथीहरुलाई पठाउन् । बिदेशमा बस्ने नेपालीहरुले पनि आफु बसेको मुलुकका नागरिकहरुलाई कम्तीम महिनाको एकजना नेपाल पठाउन् । अनि आन्तरिक रुपमा आफ्नै मुलुक घुम्न चाहने आन्तरिक पर्यटकलाई सम्मान गर्ने योजना ल्याओस् ।

बर्तमान समयमा पर्यटकीय गन्तब्यहरु सुनसान भएको देखिन्छ । भ्रमण बर्ष लक्षित गरि राखिएका कार्यक्रमहरु क्रमिक रुपमा स्थगित भइरहेका छन्, पर्यटकीय स्थल अन्नपुर्ण पदयात्रा, सौराहाका होटलहरु, पर्यटकिय स्थलहरु र पर्यटकको रोजाइमा रहेको ठमेलका होटलहरुमा रहेका अग्रिम बुकिङ र प्यकेज बुकिङहरु रद्ध गरिरहेका छन् । जसका कारण पर्यटकले खचाखच हुने स्थामा पनि विदेशी पर्यटक भेट्न कठिन बनेको छ । कोरोना भाइरसका कारण सरकारले विदेशमा भ्रमण वर्ष २०२० को प्रर्वद्धनात्मक प्रचार प्रसार औपचारिक रुपमा नै स्थगित गरिसकेको छ ।

कृषि र उर्जापछि नेपालको आर्थिक उन्नतीको लागि महत्वपूर्ण मानिने पर्यटन क्षेत्र हो । नेपाल एउटा प्रककृतिक सम्पदा र जैविक विविधिताले भरिपुर्ण राष्ट्र भएकाले विभिन्न प्रकारले फरक फरक प्रकृतिका पर्यटकहरुलाई आकर्षण गर्ने गर्नु स्भभाविकै हो । नेपालमा विश्वकै सर्वोच्च शिखर सगरमाथा, बुद्धको जन्मस्थानको रुपमा रहेको लुम्बिनि र प्राकृतिक ताल, तलैया, ६ हजार भन्दा बढि खोलानाला बनजंगल, बनजंगलमा पाइने विभिन्न किसिमका जडिबुटि र दुर्लभ बन्यजन्तु पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु रहेको छ । आफ्नो फरक–फरक उद्देश्य लिएर पर्यटकहरु नेपाल भमणमा आउने गर्दछन् । कोही आफ्नो व्यस्त जिवन शैलीलाई केही समय नेपालको प्रकृतिको ताजगिसंग घुलेर रिफ्रेस हुन आउछन् भने, कोही आफ्नो पढाई सम्बन्धि खोज गर्न आउँदछन् । कोही नेपालको पौराणीक मठ, मन्दीर, कला, संस्कति, धर्म, भाषामा आकर्शीत भई नेपाल आउने गर्दछ ।

पछिल्लो समय नेपालमा पर्यटन व्यवशाय क्षेत्रमा आश्रित हुादै धेरै मानिसहरुको गुजारा चल्ने गरेको पाइएको छ । नेपालको पर्यटन सम्भाव्य स्थानहरुमा व्यवयीक रुपमा होटल, होम स्टे तथा पर्यटक मार्ग दर्शकको रुपमा नेपालीहरु पर्यटन व्यवशायमा जोडिएका छन् । पर्यटन क्षेत्रले पनि मुलुकमा रोजगार श्रृजना, राज्यलाई ठुलै हिस्साको कर तिर्नेलगायतले गर्दा व्यवशायिक रुपमा परिचय दिन सफल हुंदै गईरहेको छ । यसबाट पुष्टी हुन्छ कि पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा राम्रो हैसियत राख्दछ ।

नेपालमा विश्वकै सर्वोच्च शिखर सगरमाथा, बुद्धको जन्मस्थानको रुपमा रहेको लुम्बिनि र प्राकृतिक ताल, तलैया, ६ हजार भन्दा बढि खोलानाला बनजंगल, बनजंगलमा पाइने विभिन्न किसिमका जडिबुटि र दुर्लभ बन्यजन्तु पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु रहेको छ ।

सरकारले पर्यटन व्यवशायलाई स्थायित्व दिन र नेपालको पर्यटन सम्भावनाको उजागर गर्न भ्रमण वर्ष घोषण गरेको दुई महिनामा नै कोरोना भाइरस संक्रमण विश्वभरि तीव्र रुपमा फैलनु सरकारको योजना र लक्ष्य माथि एउटा चुनौति बनेको छ । आशा छ, कोरोना भाइसको छिट्टै उपचार (एन्टि डोज) बनोस् र संक्रमितको उपचार सफल रहोस् । कोरोना भाइइरसको निर्मुल भई विश्वका सबै नागरिक स्वस्थ्य भई नेपाल भ्रमणमा आउन सकुन् । नेपाल सकारको भ्रमण वर्ष २०२० योजनामा २० लाख होइन एक करोड पर्यटक भित्रिउन् ।

सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गर्नु नै गलत थियो । किनकि नेपाल विश्वमा नै एउटा यस्तो देश हो, जुन देशमा घुम्न आउनुस् भनेर निम्तो गर्नु आवश्यक छैन । नेपालको भौगोलिक बनावट, प्राकृतिक सम्पदा र सुन्दरता, जैविक विविधता, मानव अनुकुल हावा–पानी, रितिरिवाज, परम्पराले नै पर्यटकलाई निम्तो गरिरहेको छ । भनिरहेको छ कि ! आउ मलाई हेर, मलाई नियाल, मसंग एउटा सेल्फी लेउ र म जति खुसी छु तेति नै खुुशी तिमी पनि हुनेछौ र पर्यटकहरु पनि लालायीत छन् कि ती पहाडका थुम्काहरु चढ्न, झरना र नदीका पानीसंगै वहन अनि प्रकृति जस्तै खुसी हुन । यि प्रकृतिका बाणीहरुसंग सहमत हुन पर्यटकहरु अत्ताल्लिरहेका छन् । बिश्वभर घुम्न रुचाउने पर्यटकहरुले नेपालका सबै रमणीय स्थानहरुको ज्ञान लिईसकेका हुनुपर्छ । उनीहरुले सरकारको पर्यटक घुम्न आउन गरेको प्रचार पढेर भने हाँँस्न सक्छन् । अहिलेको समयमा कम्प्युटरमा बसेर बिश्वको बारेमा जानकारी लिन सकिन्छ । तर थाहा नहुन सक्न आफुलाई घुम्न मन लागेको स्थानमा कसरी जाने हो । आफ्नो देशमा जस्तै सरल र सहज सोचेर आएका पर्यटक बिचमै अलपत्र पर्न नदिनु भनेको सरकारको कर्तव्य हुनुपर्छ । पर्यटकलाई घुम्न सहज वातावरण बनाउनु भने सरकारको जिम्मेवारी हुनुपर्दछ ।

कोरोना भाइरस संक्रमण कै कारण हालसम्म विश्वभर तीन हजार तीन सय भन्दा बढीले ज्यान गुमाईसकेका छन् भने एक लाख भन्दा बढीलाई कोरोना भाइरस संक्रमित रहेको बिश्व स्वास्थ्य संगठनले जनाएको छ । चीनमा मात्र ३०४२ को निधन भईसकेको छ । अहिलेसम्मको अवस्था हेने हो भने गर्मी समय पन आईसकेकोले कोरोना भाईरसका बिषयमा सचेत हुनुपरेपनि त्यति आत्तिईहाल्नुपर्ने अवस्था भने नेपाललाई छैन । 

जुन पर्यटकीय स्थलमा पर्यटकहरुलाई उचित रकममा खानबस्न सुविधा, सम्मान त्यहाँ पर्यटकहरु घुम्न आउँछन् । बिज्ञानिक रुपमा कोठाको भाडा, खानाको दर राख्नुपर्नेमा कतिपय स्थानमा आफूखुशी कयौं गुणा महंगो मुल्य लगाइन्छ, उनीहरुलाई होच्याइन्छ, गिज्याइन्छ । अन्य कतिपय कुराहरुमा पर्यटकलाई पाइला पाइलामा समस्या छ । भाषामा समस्या, मुल्यमा समस्या यातायातमा समस्या, इन्टरनेट छैन, टेलिफोन मोईलको नेटवर्क समस्या आदिका कारण पनि पर्यटकलाई तान्न गाह्रो भईरहेको हुन्छ ।

यसलाई पर्यटक अनुकुल बनाउनु आवश्यक छ । विदेशी पर्यटकलाई नेपाल आउनुस्को निम्तो भन्दा नेपालमा आएका पर्यटकलाई राम्रो बातावरण प्रदान गर्न सक्नु सरकारको पहिलो दायीत्वभित्र पर्नुपर्दछ । नेपाल घुम्न आएका पर्यटक आफ्नो मुलुक फर्केपछि साथीहरुलाई पठाउन् । बिदेशमा बस्ने नेपालीहरुले पनि आफु बसेको मुलुकका नागरिकहरुलाई कम्तीम महिनाको एकजना नेपाल पठाउन् । अनि आन्तरिक रुपमा आफ्नै मुलुक घुम्न चाहने आन्तरिक पर्यटकलाई सम्मान गर्ने योजना ल्याओस् । आन्तरिक पर्यटकको लागि सरकारले खासै महत्व दिएको देखिन्न । खासमा आन्तरिक पर्यटकले बाह्य भन्दा बढि आय बृद्धि हुने पर्यटनसंग सरोकारवालाहरुले बताईसकेका छन् ।

भ्रमण बर्ष २०२० को असफलता जे भएपनि बिदेशमा प्रचार गरेर भन्दा अन्य कुरामा ध्यान दिएर पर्यटनलाई नेपालको बिकासको मेरुदण्ड बनाउन सकिन्छ भन्ने कुरामा ध्यान दिएर सरकारले पर्यटनको सदुपयोग गरोस् ।