पत्रपत्रिका

शान्ति सेना पठाउनेमा नेपाल कति स्थानमा ? हेर्नुहोस् !

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा शान्ति सेना धेरै पठाउने मुलुकमध्ये नेपाल चौथो स्थानमा उक्लन सफल भएको छ ।

यसअघि पाँचौँ स्थानमा रहेको नेपाल १ जनवरी २०२० देखि चौथो स्थानमा उक्लन सफल भएको नेपाली सेनाले जनाएको छ । हाल संयुक्त राष्ट्रसंघअन्तर्गत १२ वटा द्वन्द्वग्रस्त मुलुकमा नेपालको तर्फबाट पाँच हजार ६ सय ५८ सुरक्षाकर्मी सहभागी छन् ।

त्यसमध्ये नेपाली सेनाका मात्रै पाँच हजार ९६ जना छन् भने बाँकी पाँच सय ६२ जना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका छन् । नेपालले राष्ट्रसंघीय शान्ति सेनाको मिसनमा सन् १९५८ देखि सहभागिता जनाउन थालेको हो । त्यसयता एक लाख २९ हजार आठ सय ९९ सैनिकले राष्ट्रसंघीय शान्ति सेनाका रूपमा सहभागिता जनाइसकेका छन् ।

त्यसैगरी हालसम्म एक हजार चार सय एक महिला सैनिकले शान्ति सेनामा सहभागिता जनाएका छन् । हाल विभिन्न मिसनमा एक सय ८१ महिला सैनिक शान्ति सेनाका रूपमा कार्यरत छन् ।

                                                                                  नयाँ पत्रिकाबाट लिएको