पु.समाचार

जुत्ता प्रहार गर्ने सहिद परिवारका तिरुवालाई थुनेर दहालले अलिकतिपनि विवेक देखाएनन्ः खगेन्द्र संग्रौला

काठमाडौं । लेखक खगेन्द्र संग्रौलाले नेकपा अध्यक्ष पुष्पकमल दहालले आफुलाई जुत्ता प्रहार गर्ने रतन तिरुवामाथी पक्राउ गरेर गलत गरेको विचार व्यक्र गरेका छन् । उनले ट्वीट गर्दै विवेक, इमान र शरम नहुँदा ठालु शासकले झैँ रतनलाई पक्राउ गरेर दाहाल सुरक्षित भएको महसुस गरिरहेका होलान् भन्दै कडा रुपमा व्यंग्य गरेका छन् । सहिद परिवारका आफ्नै कार्यकर्ता समेत भएकाले थोरैमात्र विवेक भएपनि आक्रोशका बारेमा सोधखोज, अध्धयन र क्षमायाचना गर्नुपर्नेमा उल्टै थुन्नु अविवेकीपन भएको संग्रौलाको तर्क छ।

केहिदिन अगाडी राष्ट्रिय सभामा भरतमोहन अधिकारीको स्मृति सभामा प्रमुख अतिथीको रुपमा बोल्दै गरेका नेकपा अध्यक्ष दहाललाई जुम्लाका रतन तिरुवाले जुत्ता प्रहार गरेका थिए । २२ बर्षिया तिरुवाका बुबालाई २०५६ सालमा तत्कालीन माओबादीका कार्यकर्ता भएको आरोपमा राज्यपक्षबाट मारिएको र उनी सहीद परिवार भएको पुष्टी भईसकेको छ । उनलाई तत्कालै प्रहरीले पक्राउ गरेको थियो। रतन तिरुवाले प्रहार गरेको जुत्ताले अध्यक्ष दहाललाई नलागेपनि उनले प्रहारगरेको जुत्ता नेकपा कार्यकर्ताको नेतृत्वप्रतिको आक्रोशको रुपमा समेत राजनीतिक बृतमा चित्रण गर्ने गरिएको छ । यसै बिषयमा संग्रौलाले टिप्पणी गरेका हुन् ।

संग्रौलाको ट्वीट्ः थोरैमात्र विवेक, इमान र शरम भए पुष्पकमल दाहाल आफूलाई जुत्ता प्रहार गर्ने सहिद परिवारका रतन तिरूवाको आक्रोशको कारण सोधखोज गर्थे, क्षमा याचना र पश्चाताप गर्थे। विवेक, इमान र शरम नहुँदा ठालु शासकले झैँ रतनलाई पक्राउ गरेर दाहाल सुरक्षित भएको महसुस गरिरहेका होलान्। विडम्बना!