आर्थिक

सन्राइज बैंकको खोकनामा एक्सटेन्सन काउण्टरको शुभारम्भ

काठमाडौं । आफ्ना ग्राहकलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा ललितपुरको खोकनामा ९औँ एक्सटेन्सन काउण्टरको संचालनमा ल्याएको छ ।

आइतबार आयोजित औपचारिक कार्यक्रमा ललितपुर महानगरपालिकाका वडा नं २. का अध्यक्ष श्री रबिन्द्र मर्हजनले र बैंकका नायब  प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्तरुपमा उद्घाटन गरेकी हुन्बैं ।

बैंकले सर्वसाधारण र उद्यमीलाई निक्षेप संकलन तथा रकम भुक्तानी लगाएतका सेवा दिने उद्देश्यले एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको बताएको छ ।