समाचार

अध्यक्ष दाहाललाई जुत्ता प्रहार गरेपछि डा. भट्टराईले दिए यस्तो प्रतिक्रिया !

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई आज राष्ट्रियसभा गृहमा आयोजा गरिएको एक कार्यक्रममा एक युवाले जुत्ता प्रहार गरेपछि संचारमाध्ययममा निकै चर्चाको विषय बनेको छ ।

उक्त कार्यक्रममा दाहाल बोल्दै गर्दा एक युवाले जुत्ता प्रहार गरेपछि पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले ट्वीटरमा आफ्ना असहमति र मतभेद शान्तपूर्ण र मर्यादित ढंगले व्यक्त गर्ने संस्कार विकास गरौं भन्दै व्यंग्य गरेका छन् ।

दाहाललाई जुत्ता प्रहार गरिएको भिडियो शयर गर्दै लेखेका छन्, “आफ्ना असहमति र मतभेद शान्तपूर्ण र मर्यादित ढंगले व्यक्त गर्ने संस्कार विकास गरौं ! लोकतन्त्रमा आलोचनात्मक चेतना हुनैपर्छ तर त्यसलाई व्यक्त गर्ने तरिका पनि लोकतान्त्रिक हुनुपर्छ !”