आर्थिक

सिभिल बैंकको शाखा अब काठमाण्डौको बाङ्गेमुढामा

काठमाडौं । समृद्धिको लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज काठमाण्डौ जिल्लाको बाङ्गे मुढामा आफ्नो शाखा संचालनमा ल्याएको छ । आज एक कार्यक्रमकाबीच सिभिल बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङ्ग तथा काठमाण्डौ महानगरपालिका वडा नं. २५ का अध्यक्ष निलकाजी शाक्यले संयुक्त रुपमा सिभिल बैंक लिमिटेडको बाङ्गेमुढा शाखाको समुद्घाटन गरे ।

सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत भुरुङ्गखेल स्थित प्रभात माध्यमिक विद्यालयलाई कक्षा कोठा मर्मतसंभार तथा सजावटको लागि २५ हजारको आर्थिक सहयोग प्रदान गरेका हुन् । सो सहयोग रकम सिभिल बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङ्गद्वारा प्रभात माध्यमिक विद्यालयकी प्रतिनिधि सुरभि श्रेष्ठलाई प्रदान गरिएको थियो ।

बाङ्गेमुढा शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङ्गले उक्त अवसरमा बैंक आर्थिक उन्नतिको सहयात्री भएको कुरा उल्लेख गर्दैै यस क्षेत्रको समग्र आर्थिक विकासको लागिसिभिल बैंकले स्थानीय निकाय तथा यहॉका उद्यमी ब्यवसायीसंग सहकार्य गरि अगाडी बढ्ने बताए ।