शिक्षा

शिक्षामा सुधार नल्याएसम्म देशमा कुनै हालतमा समृद्धि ल्याउन सकिन्नः डा कोइराला

बिराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकारी विद्यालयको गुणस्तर सुधार नगरेसम्म देशमा समृद्धि नआउने बताएका छन् ।

मोरङको बरगाछीस्थित गोग्राहा माध्यमिक विधालय विराटनगरमा आज आयोजित पूर्वविधार्थी भेलामा उनले शिक्षाको विकास नगरी देशमा सोचे अनुसारको सफलता हासिल नहुने कुरामा जोड दिए। उनले समृद्धिको यात्रामा सरकारले सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन आमूल परिवर्तन गर्नुपर्ने धारणा पनि राखे ।

भेलामा विद्यालयले पूर्वप्रधानाध्यापक सुश्री मीना जोशी, ज्ञानबहादुर बुढाथोकी र दुखाराम गच्छदारलाई सम्मान गरेको थियो । भेलाले पूर्वविद्यार्थी शेखर रेग्मीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । विद्यालय विसं २००९ मा स्थापना भएको हो ।