राजनीति

सभापति देउवाद्वारा ५ केन्द्रीय सदस्य र १३ बिभाग गठन, पौडेल पक्षपनि समेटियो !

काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका बिभिन्न बिभागहरु गठन गरेका छन् । सभापति देउवाले शुक्रबारमात्र बरिष्ठ नेता रामचन्द्र पौडेलसँग बिभागमा राख्ने नेताहरुको नाम दिन आग्रह गर्दा नमानेपछि आफ्ना पक्षका नेताहरुलाई पार्टीको मत्वपूर्ण बिभागमा मनोनयन गरेका छन् । पार्टीमा एकलौटी रुपमा निर्णय भएको भन्दै सभापति देउवा र पौडेल पक्षबीच लामो समय बोलचाल समेत नभई बलल बलल पार्ट मिलेको भएपनि सभापति देउवाको उक्त निर्णयले बरिष्ठ नेता पौडेल पक्ष कु्रद्ध बनेको छ । आईतार पौडेल पक्षका नेताहरुले आन्तरिक रुपमा सल्लाह गरेर आगामी रणनीति तयार गर्ने पौडेल निकट स्रोतको दाबी छ । पौडेल पक्षका केही नेताहरुलाई पनि बिभागीय जिम्मेवारी भने सभापति देउवाले दिएका छन् । उनीहरु पौडेल पक्ष छाडेर देउवा पक्षमा गएका हुन् या पौडेलसंगको सहमतीमा नै मनोनीत भएका हुन् त्यो भने स्पष्ट भएको छैन ।
मनोनयन गरेपछि काँग्रेसले जारी गरेको विज्ञप्तीमा भनिएको छः

(१) नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाद्वारा नेपाली कांग्रेसको विधान, २०१७
(संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका देहायका सदस्यहरुलाई देहाय बमोजिमका केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गर्नु भएको छ ।

१ श्री गोपालमान श्रेष्ठ संगठन विभाग
२ श्री रमेश रिजाल संघीय मामिला तथा प्रदेश समन्वय विभाग
३ श्री फरमूल्लाह मन्सुर मुस्लिम विभाग
४ श्री अर्जुनप्रसाद जोशी स्थानीय तह समन्वय विभाग
५ श्री आनन्दप्रसाद ढुंगाना वित्तिय तथा सहकारी संस्था समन्वय विभाग
६ श्री अजयकुमार चौरसिया तराई–मधेश समन्वय विभाग
७ श्री महेन्द्र यादव यातायात व्यवसायी समन्वय विभाग
८ श्री शंकर भण्डारी तरुण विभाग
९ श्री सीता गुरुङ आदिवासी जनजाति विभाग
१० श्री गोविन्द भट्टराई नेपाली जनसम्पर्क समिति समन्वय विभाग
११ श्री चिनकाजी श्रेष्ठ उद्योग व्यापार विभाग
१२ श्री विश्वप्रकाश शर्मा (प्रवक्ता) सूचना, संचार तथा प्रचार विभाग
१३ श्री शिवप्रसाद हुमागाँइ श्रमिक तथा टे«ड युनियन विभाग

(२) पार्टीको विधान तथा नियमावलीको व्यवस्था बमोजिम सभापति श्री शेरबहादुर देउवाद्वारा केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य पदमा (१) श्री कृष्ण किशोर घिमिरे (दाङ), (२) श्री गोपालकुमार बस्नेत (झापा), (३) श्री सुधीरकुमार शिवाकोटी (झापा), (४) श्री मनोहर नारायण श्रेष्ठ (धनकुटा) र (५) श्री ध्रुव वाग्ले (तनहुँ) लाई मनोनयन गर्नु भएको छ ।