समाचार

प्रहरीले बच्चा बोकेको महिलामाथी गरेको लाठी चार्जमा डा भट्टराई यसरी भए भावुक

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले प्रहरीले काखमा बच्चा बोकेकी हेमा श्रेष्ठमाथी लाठी चलाएको प्रति आपक्ति जनाएका छन् ।

बिहिबार ललितपुरको एक घरमा बच्चा बोकेकी महिलालाई धकेल्दै प्रहरीले पछाडीबाट लाठी चार्ज गरेको भिडियो सामाजिक सञ्जालमा यतिबेला भाईरल भईरहेको छ । उक्त घटनाको अहिले सामाजिक सञ्जाल फेसबुट, ट्वीटर लगाएतकोमा प्रहरीको उक्त कार्यको सबत्र बिरोध भईरहेको छ ।

भने प्रहरीले पनि उक्त घटनाको अनुसन्धान गर्ने बताएको छ । बिहिबार ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पुर्वजर्नेल हेम खत्रिको घरअगाडी केहि महिला जम्मा भएका थिए । एक महिलाले खत्रिसंग आफ्नो सम्बन्ध रहेको तर उनले आफुलाई श्रीमती नस्वीकारेको भन्दै अन्य महिलाको साथमा त्यँहा गएकी थिइन् साथै उनले बिगत चार महिनादेखी यसरी खत्रिको घरमा धर्ना दिरहेको बताईएको छ ।

आफ्नो घर बाहिर महिलाहरु भेला भएको दखेपछी खत्रिले प्रहरीलाई अबर गरेको र केहि समयमा प्रहरी प्रभाग भैंसेपाटीका प्रहरी खत्रिको घरमा पुगेको थियो । भेला भएकालाई नियन्त्रण गर्न पुरुष प्रहरी गएको बताइएको छ ।

प्रहरीले त्यहाँबाट महिलाहरुलाई हटाउन खोजेको र उनिहरुले नमानेपछी बल प्रयोग गरेको बताएको छ । त्यहि क्रममा इन्सपेक्टर देवीप्रसाद पौडेलले पनि लाठी चलाएका थिए । उनले एक बच्चा बोकेकी महिला हेमा श्रेष्ठमाथी लाठी चलाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ ।

उक्त घटनाप्रति डा भट्टराई भावुक हुँदै घटनाको निन्दा गरेका छन् । उनले आफ्नो ट्वीटमा यस्तो लेखेका छन्ः मान्छेले बर्दी लगाउँदैमा यति अमानवीय कसरी बन्न सक्छरु आमाले गल्ती गरिहोलिन्, तर त्यो अबोध शिशुको के गल्ती थियोरु त्यो शिशु आमाको हातबाट खसेर टाउकोमा चोट लागेको भएरु गिरफ्तार गर्नै परे समातेर भ्यानमा हाल्न सकिन्नथ्योरुओलीराजमा सबै छोटे राजा

उनको ट्वीटः मान्छेले बर्दी लगाउँदैमा यति अमानवीय कसरी बन्न सक्छरु आमाले गल्ती गरिहोलिन्, तर त्यो अबोध शिशुको के गल्तीथियोरु त्यो शिशु आमाको हातबाट खसेर टाउकोमा चोट लागेको भएरु गिरफ्तार गर्नै परे समातेर भ्यानमा हाल्न सकिन्नथ्यो ? ओलीराजमा सबै छोटे राजा No,No! This is not pardonable!