आर्थिक

ग्लोबल आईएमई बैंकबाट राम्रा राम्रोे मान्छे जाँदै, गए ढकालपनि सनराईजमा

काठमाडौं । सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले ग्लोबल आईएमई बैंकमा कार्यरत रवीन्द्र ढकाललाई प्रबन्धकको रुपमा भित्र्याएका छन् । १३ बर्षको बैंकिगं अनुभब भएका ढकाल साखा प्रमुख, मार्केटिँग, एटिएम् कार्ड, सेल्स, रेमिट्यान्समा बसेर काम गरिसकेका छन् । सुरुमा सहायकबाट बैंकिँग सेवामा प्रवेश गरेका ढकालले पहिले जनक शर्मा पौडेल ग्लोवल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत हुँदा नजिकमा बसेर काम गरेका थिए ।

बिग्रिएको सनराईज बैंकको व्यवस्थापनलाई पछिल्लो समयमा सुधार्दै गएका प्रमुख कार्यकारी अधिकृत पौडेलले नजिकबाट चिनेका अनुभवी ढकाललाई महत्वपूर्ण जिम्मेवारी दिएर सनराईज बैंकमा भित्र्याएका छन् ।

बैंकमा सबैसंग राम्रो छवि बनाउन सफल देखिएका ढकालले बिग्रिएको सनराईज बैंकको साख उचाईमा पुर्याउन लागि परेका प्रमुख कार्यकारी अधिकृत पौडेललाई दह्रो साथ दिने अनुमान गरिन्छ । ढकालले आउँदो सोमबारबाट सनराईज बैंकमा हाजिर हुने बैंक स्रोतले बताएको छ ।

ग्लोबल आईएमई बैंकबाट केही अगाडी नै आरती राज्य लक्ष्मीलाई एजीएमबाट डीजीएममा ल्याइएकोमा ग्लोबल आईएमईमा राम्रो परफरमेन्स देखाएका ढकाललाई प्रबन्धकमा ल्याइएको हो ।