पु.समाचार

ओली सरकार भ्रष्टाचारमा छलाङ मार्दै छ: सह-महामन्त्री डा महत

नुवाकोट । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्वमन्त्री डा. प्रकाश शरण महतले नेपाली कांग्रेस समाबेशीको जन्मदाता भएको बताएका छन । आज नुवाकोटमा नेपाल आदिवासी जनजाति संघ शिवपुरी गाउँपालिकाको भेलालाई सम्बोधन गर्दै डा. महतले जातीय र लैंगिक समावेसीलाई अहिलेको सरकारले बेवास्ता गरेको समेत आरोप लगाए ।

देशलाई एकताबद्ध बनाउन नेपालमा अझैपनी जातीय र लैंगिक सामावेशी आवस्यक रहेको तर्क गरे । फरक प्रसंगमा डा. महतले अहिलेको बहुमत प्राप्त नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकार सवै क्षेत्रमा असफल भएको जिकिर गरे । महतले भने, ‘सरकारका एकपछि अर्को कान्ड आइरहेका छन । भ्रष्टाचारमा यो सरकारले छलाङ मार्दै छ ।तैपनि हाम्रा प्रधानमन्त्रीले समृद्धिको ठुला गफ दिएर जनतालाई झुक्याउने खोज्दै छन ।’ यसका विरुद्ध हाम्रा भातृसंस्थाले जनतालाई बुझाउनुपर्ने बताए ।

सहमहामन्त्री महतले देशमा समृद्धि र सुसासन ल्याउने हो भने कांग्रेसले जित्नुपर्ने भन्दै कम्युनिस्टहरुले जिते । देशको भलो नहुने तर्क गरे । गएको निर्वाचनमा कम्युनिस्टहरुले भ्रम छरेर निर्वाचन जितेपनी अबको निर्वाचनमा ती सबै भ्रमको पर्दाफास गर्न कांग्रेस लाग्ने कुरा पनि डाक्टर महतले खुलासा गरे ।