शिक्षा

पाटा नेपाल च्याप्टरले गर्यो पाटा युथ ट्यालेन्ट क्वेस्टको तेस्रो संस्करण आयोजना

काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले ‘पाटा युथ ट्यालेन्ट क्वेस्ट’ को तेस्रो संस्करण आयोजना गरेको छ । पाटा युथ ट्यालेन्ट क्वेस्ट पाटा नेपाल स्टुडेन्ट च्याप्ट्र सदस्यहरु तथा पाटा नेपाल च्याप्टरमा आवद्ध सदस्य शैक्षिक संस्थाहरुमा हस्पिट्यालिटी तथा पर्यटन विषयमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धा मार्फत प्रस्फुटित गराउने तथा नेपाली पर्यटन क्षेत्रमा भावी सबल पर्यटन जनशक्तिको खोजमुलक अभियानको रुपमा आयोजना हुने वार्षिक कार्यक्रम हो ।

सो कार्यक्रम प्रतिभावान यूवा पर्यटन विद्यार्थीहरुको पहिचान गर्ने र आवश्यक तालिम,सल्लाह–सुझाव र अवसरहरु प्रदान गरी उनीहरुको ज्ञान शीप र क्षमता अभिवृद्धि एवम सशक्तिकरण गर्नुका साथै पर्यटन क्षेत्रमा सफल भविष्य निर्माणका लागि अभिप्रेरित गर्ने मञ्च बनेको छ ।

यस वर्ष पाटा नेपालले पाटा ‘पाटायुथ ट्यालेन्ट क्वेस्ट २०२०’अन्र्तगत “पब्लिकस्पिकिङ कम्पिटिसन”,“टुरिजम एन्ड हस्पिटालिटी क्विज”र “फुटसल प्रतियोगिता”गरि तीन वटा कार्यक्रम अघि सारेको छ ।

फेब्रुअरी २४ तारिका दिनराजधानीको गेट कलेजमा आयोजित “पब्लिकस्पिकिङ कम्पिटिसन”को फाइनलमा १० वटा विभिन्न पाटा नेपाल सदस्य शैक्षिक संस्थाहरुमा अध्ययनरत विद्यार्थीहरुले “पर्यटनमा आई पर्ने जोखिम तथा संकट न्यूनीकरणका उपायहरु र आत्मवलनिर्माणको आवश्यकता”, “भ्रमण वर्ष २०२० अभियानका लागि चुनौती तथा अवसरहरु” र “नेपाललाई घुम्नै पर्ने गन्तव्यका रुपमा स्थापना गर्ने रणनीतिहरु”जस्ता विषयमा प्रस्तुती दिएका थिए ।