बाग्मती

खत्रीको घरमा अनाधिकृत प्रवेश गरी तोडफोड गर्ने ४ महिला पक्राउ

ललितपुर । ललितपुरको भैसेपाटीमा हेम खत्रीको कम्पाउण्ड तथा घरकोठा भित्र केही महिलाहरु अनाधिकृत रुपमा प्रवेश गरी घर कम्पाउण्ड तथा कोठा भित्र रहेको टेवुल, गमला लगायतको धनमालहरु तोडफोड गर्ने महिलाहरु पक्राउ परेकी छन् ।

साथै घरकोठामा रहेका हेम खत्रीकी श्रीमति तथा छोरी समेतलाई जथाभावी व्यबहार गरीरहेका छन् भन्ने सुचनाको आधारमा तत्काल महानगरीय प्रहरी प्रभाग बुंगमती ९भैसेपाटी० ललितपुरवाट खटिएको प्रहरी टोलीले त्यस्तो कार्यमा संलग्न निनानुसारको महिलाहरुलाई त्यस्तो गतिविधी नगर्न भनि सम्झाई बुझाई गर्दा उल्टै झन् आक्रोशित भई प्रहरी टोली समेतलाई जथाभावी वोली अभद्र व्यबहार गरी काम कर्तव्य समेतमा वाधा अवरोध पु¥याएको प्रहरीले जानकारी दिए ।

जिल्ला दोलखा चरिकोट घर भई का.जि.का.म.न.पा.वडा नं. ८ बस्ने वर्ष २५ की गोमा के।सी, जिल्ला बारा निजगढ घर भई काठमाण्डौ जिल्ला का.म.न.पा. वडा नं. ७ रातोपुल बस्ने वर्ष ४० की माला साह, जिल्ला मोरङ्ग उर्लावारी घर भई का.जि.का.म.न.पा. वडा नं. ८ मित्रपार्क बस्ने वर्ष ४५ की रुपा घिसिङ्ग र जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं २५ भैसेपाटी बस्ने वर्ष ३५ की शोभा खड्कालाई नियन्त्रणमा लिइ अभद्र व्यबहार मुद्धामा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिए ।