आर्थिक

सानिमा बैंकका ग्राहकलाई फ्युचर वल्र्डमा एपल काप्रोडक्ट खरिद गर्दा विशेष छुट

काठमाडौं । सानिमा बैंक र आस्ट्रल कम्प्युटर्स नेपाल प्रा. लि.(फ्युचर वल्र्ड)बीच Apple काप्रोडक्ट जस्तै iPhone, iPad, Macbook तथा अन्य accessories मा सानिमा बैंकका ग्राहकहरुलाई विषेश छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी काठमाडौंको सुनधारास्थित सिभिल मल अवस्थित फ्युचर वल्र्डमा Apple काप्रोडक्ट खरिद गर्दा ६ हजारसम्म नगद तथा ७ हजारसम्मका accessories प्राप्त गर्न सक्नेछ । साथै बैंकका ग्राहकहरुले सानिमा बैंकको क्रेडिट कार्डमार्फत् १८ महिनाको मासिक किस्ता (EMI) भुक्तानी गर्न सक्नेछ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आस्ट्रल कम्प्युटर्स नेपालप्रा. लि. को तर्फबाट महाप्रबन्धक नवीन जोशीले हस्ताक्षर गरे ।