स्वास्थ्य

प्रधानसेनापति थापाले गरे ईटहरीमा नवनिर्मित सैनिक अस्पतालको उद्घामटन

ईटहरी । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले एक विशेष समारोहका बीच सुनसरी जिल्लाको ईटहरीस्थित नवनिर्मित ५० सैय्या क्षमता भएको सैनिक अस्पतालको समुद्घा टन गरेका छन् ।

नेपाली सेनाका बहालवाला तथा भूतपूर्व सैनिक र सैनिकहरुका आश्रित परिवारहरुलाई स्थानीय तहमा नै स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सैनिक कल्याणकारी कोषको लगानीमा उक्त अस्पताल निर्माण गरिएको हो । ०७४ कार्तिक १५ गतेबाट निर्माण शुरु भएको उक्त अस्पताल ण्ठछ मंसिर ज्ञछ गते निर्माण सम्पन्नब भएको हो । उक्त सैनिक अस्पताल आजदेखि संचालनमा आएको छ । अस्पतालमा जनरल ओ।पि।डि।, मेडिकल ओ।पि।डि।, डेन्टल, प्याथोलोजी, ई।एन।टि।, गाईनो, फार्मेसी, रेडियोलोजी, फिजियोथेरापी र माइनर ओ।टी। लगायतका सेवाहरु संचालनमा ल्याइएको छ ।

उक्त उद्घापटन कार्यक्रममा बलाध्यक्ष रथी, अन्य बहालवाला तथा अवकाश प्राप्त रथीवृन्दहरु, नेपाली सेनाका सकलदर्जा, संचारकर्मी तथा विभिन्नश स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।