पु.समाचार

नेविसंघले दियो ओली सरकारलाई यस्तो चेतावनी !

काठमाडौं । नेविसंघले किताब आयातमा सरकारले लगाएको कर फिर्ता लिन माग गरेको छ । नेविसंघले शुक्रबार विज्ञप्ति निकालेर पुस्तकमाथि लगाएको कर तत्काल फिर्ता लिन माग गरेका छन् । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले प्रेस विज्ञप्ति निकाल्दै लेखेका छन्, ‘विद्यार्थीका पाठ्यपुस्तकहरूमा समेत मूल्यवृद्धि भई विद्यार्थीको पढाइ नै महँगो भएका बेला तथा ज्ञानमा कर लगाउने कार्य भएकोले उक्त आयात कर तुरून्त खारेज गरियोस् । ’

अध्यक्ष ढुंगानाले भनेका छन्, ‘संसदलाई छलेर इन्धनमा कर बृद्धि गर्नु आपत्तिजनक छ । सरकार संसदीय पद्धति नै कमजोर पार्ने खेलमा लागेकोसमेत प्रष्ट हुन्छ ।’ नेविसंघले फागुन १८ गते आइतबार देशभरका क्याम्पस अगाडि प्रदर्शन गर्ने पनि उल्लेख गरेको छ ।