राजनीति

किताब मानिसको बुद्धिको बिर्काे भर्ने साधन हो तत्काल कर हटाऊः डा भट्टराई

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले किताबमा सरकारले लगाएको कर प्रति आपत्ति जनाएका छन्

। समाजीक सञ्जाल ट्वीट मार्फत डा भट्टराईले किताब सामान्य भुँडी भर्ने वस्तुमात्रै नभई वुद्धिको बिर्काे खोल्ने साधान भएको बताएका हुन् ।

डा भट्टराईले दुबै उस्तै हो भन्नु हात्ती र हात्ती छाप चप्पल उस्तै भने जस्तै भएको टिप्पणी गरेका छन् । उनले किताबमा कर लगाएर नेपाली मुद्रण उद्योगलाई संरक्षण नहुने भन्दै सबै विदेशी किताब यहाँ नछापिने बताए ।

उनको ट्वीटः किताब सामान्य भुँडी भर्ने वस्तु नभएर वुद्धिको बिर्को खोल्ने साधन होस किताबमा कर लगाउने अर्थमन्त्रीको कदम सरासर गलत छ ! किताब सामान्य भुँडी भर्ने वस्तु नभएर वुद्धिको बिर्को खोल्ने साधन होसदुबै उस्तै हो भन्नु हात्ती र हात्ती छाप चप्पल उस्तै भने जस्तै हो । अनि किताबमा कर लगाएर नेपाली मुद्रण उद्योग लाई संरक्षण हुनेहैन किनकि सबै विदेशी किताब यहाँ छापिने हैन !