सामाजिक सञ्जाल

पुर्व प्रधानमन्त्री मात्रै होईन जिम्मेवार पदमा बसेका सबैको सम्पत्ति छनबिन अनिवार्यः नेता थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगनकुमार थापाले प्रधानमन्त्री देखी लिएर सम्पुर्णको सम्पत्तीको छानबिन गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटमार्फत नेता थापाले पुर्व प्रधानमन्त्री भट्राईको भनाईमा सहमती जनाउँदै प्रधानमन्त्री बनेकाहरुको मात्रै नभई शासकीय जिम्मेवारीमा बसेका प्रत्येकको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले आफ्नो ट्वीटमा लेखेका छन्ः यस्तो जिम्मेवारी लिएका र लिइरहेकाले कसरी घर बनाएका छन् मात्रै होइन कसरी घर चलाएका छन् भन्ने पनि खोजी गरौं र नागरिकलाई थाहा दिऔँ ।

यस्तै पुर्व प्रधानमन्त्री तथा समाजवामदीका अध्यक्ष डा भट्टराईले हिजो शुक्रबार संसद बैठकमा प्रधानमन्त्री भईसकेका मात्रै नभई जिम्मेवार पदमा बसेका सबैको सम्पत्ति छानबिन हुनुपर्ने बताएका थिए ।

उनको ट्वीटः@brb1954 को भनाइसँग पूर्ण सहमत । प्रधानमन्त्री बनेकामात्रै होइन मन्त्री बनेका र शासकीय जिम्मेवारीमा बसेका हामी प्रत्येकको सम्पत्ति छानबिन गरौँ । यस्तो जिम्मेवारी लिएकारलिइरहेकाले कसरी घर बनाएका छन् मात्रै होइन कसरी घर चलाएका छन् भन्ने पनि खोजी गरौं र नागरिकलाई थाहा दिऔँ ।