अन्तर्राष्ट्रिय

कोरोनाले लियो २ हजार ८ सय ३२ को ज्यानः संक्रमितको सङख्या ७८ हजार बढी

एजेन्सी । चीनको बुहानबाट फैलन सुरु गरेको कोरोना भाईरसका कारण मृत्यु हुनेको सङख्या दुई हजार नाघि सकेको छ ।

हालसम्म कोरोना भाईरसका कारण २ हजार ७ सय ८८ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको सङख्या ७८ हजार ८ सय ३२ पुगेको छ ।

बिहिबार मात्रै कोरोना भाइरसका कारण ४४ जनाको मृत्यु भएको छ । त्यस्तै ७९५२ जनाको अवस्था गम्भिर रहेको छ । नयाँ संक्रमितहरुको संख्यामा ३३५ जनाले बढेको बताइएको छ ।

पछिल्लो समय चीनले अपनाएको सावधानीका कारण पनि कोरोना भाइरसमा नियन्त्रण आएको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार चीनले दुई महिनाभित्र कोरोना भाइरसलाई नियन्त्रणमा लिने बताइएको छ ।

कयौं मुलुकमा यस्को भाईरस फैलिरहेको छ । अन्य मुलुकहरुमा पनि कयौंको मृत्यु भईसकेको छ ।