अन्तर्राष्ट्रिय

हिंसा पीडितलाई दिल्ली सरकारको राहत

एजेन्सी । नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीका हिंसा पीडित व्यक्तिका परिवारलाई राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ ।

उपमुख्यमन्त्री मनिश सिसोदिया, मन्त्री कैलाश गहलोट र वरिष्ट अधिकारीहरु सम्मिलित बैठकले तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

यसअघि नै मुख्यमन्त्री केजरीवालले दिल्ली हिंसामा मारिएका प्रहरी रत्तन लालको परिवारलाई एक करोड भारतीय रुपैयाँका साथै परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरिसकेका थिए ।

रत्तन लालको उत्तरपूर्वी दिल्लीमा भएको हिन्दु – मुस्लिम दङ्गाका क्रममा ज्यान गएको थियो । बुधबार मुख्यमन्त्री र उपमुख्यमन्त्री दुबैले हिंसा प्रभावित उत्तरपूर्वी दिल्लीको भ्रमण गरेका थिए ।

उनिहरुले स्थानीय मानिससँग भेटघाट गरी शान्ति कायम राख्न आग्रह गरेका थिए । दिल्ली हिंसाका क्रममा प्रहरी सहित कम्तीमा ३३ जनाको मृत्यु हुनुका साथै झण्डै २०० जना घाइते भएका छन् ।