विचार/ब्लग

कोरोना भाईरसको प्रभाब र आवश्यक कदम

डा पुरुषोत्तम पौडेल/कोबिड १९ नाम दिईएको कोरोना भाईरस बिगतमा पशु पन्छीहरुमा लाग्ने गरेको थियो । धेरै पशु र पन्छीहरु मरेको प्रतिबेदन प्रमाणहरु पढ्न पाईन्छ । यो रोगले अरबमा समेत प्रसस्त उटहरु मरेका रहेछन् । तर हालै नया बर्ष २०२० शुरु भए यता कोरोना भाईरस मानिसमा भेटिएको समाचार प्रकाशनमा आयो । बिसाल जनसंख्या र बिश्व मानब संजालमा दखल राख्ने शक्तिसाली मुलुक चिनको हुबेई प्रान्तमा पहिलो केस भेटिएको थियो । चिनिया प्रसाशनले उक्त रोग मानवमा सरेको थाहा पाउने डाक्टरलाई नै नियन्त्रणमा लिएर ढाकछोप गर्न लागे । तर संक्रमण बढ्दै गएका कारण उनै डाक्टर पनि संक्रमणको शिकार हुन पुगे । दिन दुगुना रात चौगुना हुदै हुबेई प्रान्तमा यो रोग फैलन थाल्यो । यसलाई सकेसम्म छिटो नियन्त्रण गर्न बिश्वको दोस्रो शक्तिशाली मुलुक चिनले आफ्नो सबै शक्ती खन्याउन थाल्यो । संक्रमणलाई नियन्त्रण गर्न एक हप्ता मै १ हजार बेडको अस्पताल पनि निर्माण गर्यो ।

बिश्व संग सबै यातायात सेवा मार्फत जोडिएको यो प्रान्तमा धेरै देशका मानिसहरु बिभिन्न पेशा, ब्यबसाय र पर्यटनका कारण आउनेजाने क्रम त तुरुन्तै बन्द हुने कुरै भएन । जसका कारण प्रान्त बरिवरी स्थल र हवाईसेवा मार्फत यात्रुहरुको आवत जावत यातायात सेवाहरु स्थगन नभएसम्म रहिरह्यो । जब बाहिर पनि संक्रमणका केसहरु देखिन थाले पछि सरकारले प्रान्तको आबतजाबत स्थगन त गर्यो । तर कति मानिसहरु पहिलेनै संक्रमित मानिसहरु बिभिन्न यातायात माध्यम द्वारा कहा कहा आबत जाबत भैसकेका थिए भन्न कठिन थियो ।

संचार माध्यमले खेलेको अहम भुमिका र हवाई मार्ग भएर यात्रा गर्ने यात्रुहरुको परिचय खुलेका कारण पुर्ब तैयारीका लागि उत्तरदायी ठान्ने र साधन र श्रोतले सम्पन्न राष्ट्रहरुले यसमा पुर्व सतर्कता अपनाउन शुरु गरे । त्यति मात्र हैन हुबेई प्रान्तमा रहेका आ–आफ्ना नागरिकहरुलाई देश फर्काउने र संक्रमण क्वारिन्टिन गर्न १४ दिन सम्म एकान्तमा राखेर परिक्षण गर्ने ब्यबस्था मिलाए । नेपालले पनि आ-आफ्ना नागरिकलाई संक्रमित प्रान्तवाट उद्दार गरेर एकान्तमा १४ दिन सम्म परिक्षण गरिराख्ने ब्यवस्था गर्यो । यसका लागि केहि निर्णय प्रकृयामा ढिलाई भए पनि सरकारलाई धन्यवाद दिनै पर्दछ ।

हाल सम्म ४४ देशहरुमा यो कोरोना भाईरसका केसहरु देखिई सकेका छ । जसवाट हालसम्म ८२ हजार मानिस संक्रमित छन् भने २८०० ले ज्यान गुमाईसकेका छन् । यो रोग सबै महादेशहरुमा भेटिएको छ । रोगले धनी गरिब केहि भनेको हुदैन । यो रोग बिकसित, मध्य बिकसित र बिकाससिल देशहरु सबैमा भेटिएको छ । संक्रमण रोकथामका अनेक उपायहरुका वाबजुद दक्षिण कोरिया र ईटली, स्पेन, लगायतका युरोपियन मुलुकहरुमा समेत फैलिईरहेको छ । बिकसित मुलुकहरुले आफ्ना पुर्बवत प्रबिधी, श्रोत साधन परिचालन गरिरहेकाछन् भने मध्यम र बिकाशसिल मुलुकहरुले आकस्मिक रुपमा प्रबिधि, श्रोत र साधन ब्यबस्था गर्नु पर्ने हुन्छ भने प्रबिधि र तालिमका लागि अरु सहयोगी देशहरुको मुख ताक्न पर्ने हुन्छ । यो संक्रमण रोकथामको लागि बिश्व स्वास्थ्य संगठनले शुरु देखिनै तदारुकता देखाएको छ भने बिकसित मुलुकहरुमा संक्रमणवाट बचाउन सुईखोपको बिकास गर्न ठुलै साधन र श्रोत लगानी भैरहेको पनि थाहा हुन आएको छ । यति हदा हुदै पनि सुईखोप तैयार हुन १५ देखि १८ महिना लाग्न सक्ने बिज्ञहरुको भनाई छ ।

सबै देशहरुले आ–आफ्ना नागरिकहरुलाई कसरी यो संम्रमणवाट बच्ने भनेर संचारमाध्यमहरुवाट अध्याबधिक सुचनाहरु सम्प्रेसण गरिरहेका छन् । शुरुमा रुघा खोकी वाट शुरु हुने र ज्वरो आउने, ज्वरो नियन्त्रण नहुने र बिस्तारै शरिरलाई सुक्खा पार्दै महत्वपुर्ण अंगहरु फोक्सो, कलेजो र मृगौलाहरुलाई असर गर्ने भएकाले, यो शुरुका लक्षणहरु देखिना साथ प्रयाप्त मात्रामा पानी र झोलिलो पदार्थ पिउने र तुरुन्त अरुलाई संक्रमित हुन नदिईकन सम्वन्धित स्वास्थ्यकर्मीहरु संग सल्लाह लिन पर्दछ । यो संक्रमित रोग कसलाई छ वा आफ्नो नजिकको मानिसलाई छ छैन भन्ने थाहा सर्वसाधारणलाई वा नजिक बसेको मानिसलाई थाहा हुदैन । त्यसैले यसवाट बच्न वाहिर जांदा मास्क (नाक र मुख ढाक्ने) लगाउने, पटक पटक हात धुने, हातलाई किटाणु रहित बनाउन किटाणु नासक (हैण्ड सेनेटाईजर) प्रयोग गर्ने गर्नु पर्दछ ।

नेपाल लगायत अल्प वा कम बिकसित देशहरुमा धुलो धुवा वाट बच्न न्युन प्रतिसत शहरी जनसंख्याले वाहिर निस्कदा मास्क लगाउने गरेको देखिएता पनि यो संक्रमणवाट बच्न पर्याप्त सुचना र सल्लाहहरुको ब्यवस्था भएको पाईदैन । साथै पुर्व तैयारी स्वरुप सरकारले ब्यवस्था गरिदिनु पर्ने हात सेनेटाईजर र आबस्यक पर्ने मास्कको आपुर्ती र प्रयाप्त सुचना र सम्पर्क केन्द्रहरुको ब्यवस्था गरेको भने देखिदैन । अन्य मुलुकहरुमा बिस्तारै फैलिईरहेको कोरोना भाईरसको एउटा केस नेपालमा पनि भेटियो । यो केस बिरामी आफैं स्वास्थ्य कर्मीको सम्पर्कमा आएकोले समयमा नै पहिचान भै रोकथाम भयो । तर कुनै संक्रमित यात्रु चाहे पर्यटक होस् वा नागरिक यदि थाहा नभै समुदायमा प्रबेश भए भने के होला, सोच्न अनिवार्य भएको छ ।

देशले २०२० लाई पर्यटन भ्रमण बर्ष घोषणा गरेको छ । यो संक्रमणका कारण पर्यटन बर्षको सफलतामा असर पर्ने देखिन्छ । तर पनि सरकार र सम्वन्धित निकाय र पक्षहरुले पर्यटक र पर्यटकहरुवाट आम नागरिक र नागरिकवाट पर्यटकमा पर्न सक्ने संक्रमणको असरमा ध्यान दिनु जरुरी छ । जसवाट संक्रमणवाट पर्यटन बर्षमा पर्न सक्ने प्रभाबलाई न्युन गर्न सकिन्छ । मुलुककै एकमात्र अन्तर्राष्टिय बिमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा स्वास्थ्य कक्ष भने खोलिएको छ तर मुलुकमा पस्नु अगाडी यात्रुहरुलाई रोगवारेमा जानकारी मुलक सुचना दिने ब्यवस्था गरेको पनि देखिदैन भने उत्रे पछि पनि कुनै सुचना र स्वास्थ्य परिक्षण गर्ने ब्यबस्था भएको देखिदैन । त्यस्तै यस्तो बिश्वब्यापी संक्रमणको अबस्थामा हवाई मार्ग वाट आएका यात्रु र बिषेश गरि संक्रमित क्षेत्रवाट आएका यात्रुहरुको स्वास्थ्य परिक्षण गर्ने ब्यवस्था, अनिवार्य मास्कको ब्यवस्था र हातको शुद्धता (हैण्ड सेनेटाईजर) जेलको ब्यवस्था हुन जरुरी देखिन्छ । यसवाट संक्रमणवाट थप सुरक्षा मिल्दछ ।

सरकारले बर्तमान सामाजिक संचार माध्यम र सार्वजनिक संचार माध्यमहरु रेडियो र टेलिभिजनको संक्रमण वारे जनचेतना दिन पुर्ण उपयोग गर्न पर्दछ । सबै सार्वजनिक संचार माध्यमहरुलाई चेतना मुलक सामाग्री बजाउन वा देखाउन अनिवार्य गराउन पर्दछ । यि संचार माध्यमहरु अहिले कति संक्रमित भए, कतिको ज्यान गयो भन्नेमा मात्र केन्द्रित देखिन्छन् तर कसरी बच्ने, लक्षण के हो, कहां सम्पर्क गर्ने भन्नेमा सुचना प्रवाह गरेको पाईदैन । यस्ता सार्बजनिक महत्वका सुचनाहरु संप्रेषण गर्न कानुन बनाउन पर्छ भने पनि बनाउन पर्दछ । यसमा संचार माध्यमहरुले पनि अन्यथा लिन हुदैन । यस्ता उपायहरुले मुलुकमा धनजनको क्षति हुनवाट बचाउछ भने समग्र आर्थिक र सामाजिक बिकासमा मद्दत पुग्दछ ।

मुलुकका मुख्य मुख्य शहरहरुमा सरकार र सामुदायिक संघ संस्थाहरु मिलेर संक्रमणको पहिचान र यसवाट बच्ने उपायहरुका सम्बन्धमा जनचेतना अभियान पनि संचालन गर्न जरुरी छ भने सरकारी तथा गैर सरकारी सार्वजनिक सेवा दिने ठाउहरुमा हात शुद्ध गर्ने जेल, मास्क आदिको ब्यवस्था गर्न र हात धुने वानीको बिकास गर्न जरुरी छ । यो ब्यक्तिगत सरसफाई वानीको बिकास गर्ने एक अबसर पनि हो । किन्न खोजेपनि अहिले बजारमा मास्कको आपुर्ती घटेकोछ भने हात शुद्ध पार्ने जेल सितिमिति पाईदैन । सरकारले यस्ता बस्तु उत्पादन र आपुर्ती गर्ने ब्यवस्था द्रुत गतिमाढ मिलाउन जरुरी छ । रोगको संका लागेमा सोधपुछ र आबलम्वन गर्ग पर्ने उपायहरुकन वारेमा जान्न निशुल्क द्रुत टेलिफोन लाईनहरुको ब्यबस्था गर्न जरुरी छ ।

यसरी संक्रमणको समयमा नै रोकथामका लागी भरपर्दो ब्यवस्थापन, आपुर्ती ब्यवस्थापन, जनचेतना फैलाउन अबस्यक कदम, रोगको समयमानै पहिचान र रोगको शुरक्षित उपचार ब्यवस्था हुन सकेमा यो कोरोना भाईरस मात्र हैन अन्य संकमण र भबिस्यमा आईपर्ने संक्रमणहरुवाट बच्न र बचाउन सकिन्छ भने मुलुकको आर्थिक बिकासमा यस्ता संक्रमणहरुको प्रभाब न्युनिकरण गर्न मद्दत पुग्ने देखिन्छ ।

(लेखक यु के बस्छन् )