आर्थिक

प्रिपेड र पोष्टपेडमा कल गर्दा अब बैंक अफ काठमाण्डूले २५ प्रतिशत नगद फिर्ता दिने

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहकहरुको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभ लाई मध्यनजर गर्दै बिओके स्र्माट मार्फत नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइलमा टपअप गर्दा ग्राहकहरुले कारोबार रकमको २५ प्रतिशत नगद फिर्ता पाउने योजना सार्वजनिक गरेको छ ।

ग्राहकहरुले नगद फिर्ता योजनाको सदुपयोगको लागि बिओके स्र्माटबाट गरिने पहिलो कारोबार अन्र्तगत पहिलो टपअप कारोबारमा गर्नुपर्ने छ । बैंकले अब पाउनुहोस्, मोबाइल भुक्तानी र्मै आम्दानी भन्ने मुलनाराका साथ सार्वजनिक गरेको उक्त योजना सिमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहकहरुलाई अनुरोध गरेको छ ।

हालसम्म बैंक अफ काठमाण्डूले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।