सामाजिक सञ्जाल

पढ्न नियन्त्रण गर्ने ओली सरकारको प्रयास विरुद्ध सदन/सडकबाट बिरोध गर्छौं: गगन थापा

काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले पुस्तकमाथीको कर पठन संस्कृति र पढ्न पाउने अधिकारसंग जोडिएको बिचार ब्यक्त गरो छन् ।‬
उनले ‪प्रधानमन्त्री ज्यू, नागरिकले पढ्नु सरकारका लागि चुनौती बनेको हो भने एक नेपालीले एक बर्षमा कति पुस्तक पढ्न पाउने हो त्यो पनि वताइदिनोस्, भन्दै प्रश्न गरेका छन् ।
पुर्वमन्त्री समेत रहेका नेता थापाले पढ्न नियन्त्रण गर्ने सरकारको प्रयास विरुद्ध सदन र सडकबाट हाम्रो खवरदारी निरन्तर रहने भन्दै पुस्तकमा लाग्ने कर हटाउन लाग्ने अभियान्तासँग सँगै रहने प्रण समेत गरेका छन्।‬
नेकपा नेतृत्वको केपी शर्मा ओलीले पुष्तकमा कर थपेर पुष्तक महंगो बनाएको भन्दै सरकारको सर्बत्र आलोचना भएका बेला नेता थापाको बौद्धिकबृतसँग सहकार्य देखिएको छ ।

गगनको स्टाटस्ः पुस्तकमाथीको कर पठन संस्कृति र पढ्न पाउने अधिकारसंग जोडिएको छ।‬
‪प्रधानमन्त्री ज्यू, नागरिकले पढ्नु सरकारका लागि चुनौती बनेको हो भने एक नेपालीले एक बर्षमा कति पुस्तक पढ्न पाउने हो त्यो पनि वताइदिनोस्। पढ्न नियन्त्रण गर्ने सरकारको प्रयास विरुद्ध सदन र सडकबाट हाम्रो खवरदारी निरन्तर रहनेछ।‬